४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

२२ मंसिर २०८०, शुक्रबार ११:३४

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।

नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।

अन्य ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । कप्तान देव खनाल र अनुभवि गुल्शन झाको ब्याट आज नचल्दा नेपाल बलियो स्कोरबाट चुक्यो ।

जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले पनि खराब सुरुवात गरेको थियो । गुल्शन झाले पाकिस्तानका दुवै ओपनरलाइ सस्तैमा पेभिलियन फर्काएर नेपालको आशा जगाए । २३ रनमा २ विकेट गुमाएपछि भने पाकिस्तानले नेपाललाई कुनै मौका दिए ।

अजान अवासिस र कप्तान साद बेगले सतकीय साझेदारी गर्दै पाकिस्तानलाई जित तर्फ डोहार्याए । सान्त्वनाका रुपमा नेपालका आकाश त्रिपाठीले पाकिस्तानी कप्तानको विकेट लिन सफल भए ।

आजको खेलमा नेपालका सबैभन्दा आशालाग्दा बलर दिपेश कँडेल चलेनन् । पिचले फास्ट बलरलाई मद्दत गरे पनि स्पिनरलाई कुनै मद्दत थिएन । पाकिस्तानी फास्ट बलरहरुको सामना गर्न नसक्दा नेपालको ब्याटिङ कोल्याप्स भयो । मोहम्मद जासिम एक्लैले नेपालको ६ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’