४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कपः आज नेपाल भारतसंग खेल खेल्दै

२६ मंसिर २०८०, मंगलवार ०२:५४

मङ्सिर २६, काठमाडौं | एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’कै अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ ।

मंगलबारका दुवै खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेबाट सुरु हुनेछन् । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । भारतसमेत दोस्रो खेलमा पाकिस्तानसँग सात विकेटले नै पराजित भएको हो ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। नेपाल भने अंकबिहीन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’