४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेत्रहीन महिला क्रिकेट: भारतमाथि नेपालको १० विकेटको सानदार जित

२७ मंसिर २०८०, बुधबार ०९:५४

मङ्सिर २७, काठमाडौँ | भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित १७४ रनको साझेदारी गरेपछि भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना क्षति पूरा गरेको हो ।

नेपालका लागि बिनिताले ६० बल खेल्दै ७ चौका प्रहार गरी ७८ रन बनाइन् । यस्तै मनकेशीले ५७ बल खेल्दै ५ चौका मदतमा ७५ रन बनाइन् ।

यसअघिको दुवै खेलमा लक्ष्य पछ्याउदै नेपाल झिनो रनअन्तरले चुकेको थियो । तेस्रो खेलमा भने बिनिता र मनकेशीले सानदार ब्याटिङ गर्दै जितसम्म पुर्‍याएका हुन् ।

भारतले सात बलर प्रयोग गरे पनि नेपालको विकेट लिन सकेन ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाइन् । यस्तै सुनिता श्राथेले अविजित ३१ रन बनाइन् । सुस्मा पटेल र रभान्नीले समान १४ रन बनाए ।

भारतका चारै खेलाडी रनआउट भएका थिए । नेपालकी बिनिता पुनले २ तथा सरिता घिमिरे र निशा गौराले १-१ रनआउट गरे ।

अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’