४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा अस्ट्रेलियासँग पराजित भएपछि रोहितको पहिलो प्रतिक्रिया : ‘मूभ अन’ हुन सजिलो थिएन

२७ मंसिर २०८०, बुधबार ११:३७

मङ्सिर २७, काठमाडौँ | विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले पहिलो प्रतिक्रिया दिएका छन् । रोहित करिब २४ दिनपछि पहिलो पटक क्यामेरा अगाडि देखिएका हुन् ।

उनले भने, ‘मलाई यसबाट कसरी बाहिर निकाल्ने थाहा थिएन। सुरुका केही दिनमा के गर्ने भन्ने केही थाहा भएन। मेरो परिवार, मेरा साथीहरूले यसलाई सहज बनाइदिनुभयो । मलाई समर्थन गर्नुभयो। तर अगाडि बढ्न सजिलो थिएन।’

शर्माको अन्तर्वार्ताको यो भिडियो बुधबार उनको प्रबन्ध टोलीको आधिकारिक इन्स्टाग्राम खाताबाट पोस्ट गरिएको हो। यो भिडियो मुम्बई इन्डियन्सले पनि ट्वीट गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९ नोभेम्बरमा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो ।

उनले भने, ‘म सधैँ ५० ओभरको विश्वकप हेरेर हुर्केको हुँ । ५० ओभरको विश्वकप मेरो लागि सबैभन्दा ठुलो पुरस्कार थियो। हामीले त्यो विश्वकपका लागि धेरै वर्ष काम गरेका थियौँ। यो एकदम निराशाजनक छ किनभने तपाई‌ंले सबै राम्रो गर्नुभयो, तपाईंले सक्ने सबै गर्नुभयो । यदि कसैले मलाई के गल्ती गर्‍यौँ भनेर सोध्यो भने मसँग जवाफ छैन। हामीले १० खेल जित्यौँ। कोही पनि कहिल्यै परफेक्ट हुँदैन । तपाईंले जित्दा पनि गल्ती गर्नुहुन्छ। म टिममा धेरै गर्व महसुस गर्छु।’

उनले थपे, ‘फाइनलपछि यसबाट बाहिर आउन मेरो लागि सजिलो थिएन । विश्वकप अभियानमा हामीलाई यति धेरै साथ दिनु भएकोमा सबैलाई धन्यवाद। डेढ महिना जनताले हामीलाई साथ दिए, रंगशाला आए, साथ दिए । उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद । मलाई ती सबैको लागि नराम्रो लाग्यो। तर सबैभन्दा राम्रो कुरा यो थियो कि मैले मानिसहरूलाई भेट्दा उहाँहरूले हामीलाई बुझ्नुभयो। उहाँहरुमा कुनै रिस थिएन । उहाँहरुबाट माया पाए। यसले हामी सबैलाई विशेष गरी मलाई बल दियो र म अगाडि बढ्न सक्षम भएको छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’