४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुशल मल्ल, प्रतिश जिसीसहित राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

१ पुष २०८०, आईतवार ०९:२९

पुस १, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ।

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताए। 

निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए। 

फिनिक्स कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। कलेजले खेलकुद मार्फत अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ। 

काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’