२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कप: उपाधि जित्न यूएईलाई २८३ रनको विशाल लक्ष्य,आशिकुरको शानदार शतक

२०८०, १ पुष आईतवार ०९:५२

पुस १, काठमाडौँ | ओपनर आशिकुर रहमान शिबलीको शानदार शतकको मद्दतमा यूएईमा जारी एसीसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेशले आयोजक यूएईलाई २८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल १ मैदानमा टस हारेर सुनुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रनको उत्कृष्ट योगफल खडा गर्यो । उसका लागि ओपनर आशिकुर रहमान शिबलीले १२९ रनको विशाल पारी खेले । १४९ बलको सामना गरेका उनले १२ चौका र एक छक्का हिर्काए । त्यस्तै चौधरी मो। रिजवान र आरिफुल इस्लामले क्रमश ६० र ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान महफुजुर रहमान रब्बी २१ रनमा आउट भए ।


बलिङतर्फ यूएईका अहमान अहमदले सर्वाधीक ४ विकेट लिए । १० ओभर बलिङ गर्दा उनले ५२ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै ओमन रिहमदले पनि २ विकेट लिए ।

बंगलादेशले सेमिफाइनलमा भारतलाई र यूएईले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यूएईले इतिहास रच्दै पहिलोपटक फाइनलमा स्थान बनाउँदा बंगलादेश दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि बंगलादेश २०१९ को संस्करणमा फाइनलमा पुगेको थियो । बंगलादेश त्यतिबेला श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश