४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कप: उपाधि जित्न यूएईलाई २८३ रनको विशाल लक्ष्य,आशिकुरको शानदार शतक

१ पुष २०८०, आईतवार ०९:५२

पुस १, काठमाडौँ | ओपनर आशिकुर रहमान शिबलीको शानदार शतकको मद्दतमा यूएईमा जारी एसीसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेशले आयोजक यूएईलाई २८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल १ मैदानमा टस हारेर सुनुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रनको उत्कृष्ट योगफल खडा गर्यो । उसका लागि ओपनर आशिकुर रहमान शिबलीले १२९ रनको विशाल पारी खेले । १४९ बलको सामना गरेका उनले १२ चौका र एक छक्का हिर्काए । त्यस्तै चौधरी मो। रिजवान र आरिफुल इस्लामले क्रमश ६० र ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान महफुजुर रहमान रब्बी २१ रनमा आउट भए ।


बलिङतर्फ यूएईका अहमान अहमदले सर्वाधीक ४ विकेट लिए । १० ओभर बलिङ गर्दा उनले ५२ रन खर्चिएर ४ विकेट लिएका हुन् । त्यस्तै ओमन रिहमदले पनि २ विकेट लिए ।

बंगलादेशले सेमिफाइनलमा भारतलाई र यूएईले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यूएईले इतिहास रच्दै पहिलोपटक फाइनलमा स्थान बनाउँदा बंगलादेश दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि बंगलादेश २०१९ को संस्करणमा फाइनलमा पुगेको थियो । बंगलादेश त्यतिबेला श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’