२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुने

२०८०, ८ माघ सोमबार ०२:५९

माघ ८, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने छ । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा पुलिस क्लब अपराजित रहेको छ । पुलिस क्लब अहिलेसम्म खेलेका तीनवटै खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एपीएफ ३ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यस्तै, आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा ९ बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा मधेश प्रदेश ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

त्यस्तै, बागमती र कर्णाली प्रदेशबीचको खेल बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म बागमती प्रदेश ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश ४ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश