२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आज नेपाल र अफगानिस्तानबिच अन्तिम खेल हुँदै, नेपाललाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब

२०८०, १२ माघ शुक्रबार ०२:५५

माघ १२, काठमाडौं | आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । आजको खेलमा नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ । यो खेल आज दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुनेछ । दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो ।

नेपाललाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने चुनौती छ । उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ । समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान छ ।

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भयो।

समूह ‘डी’मा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान,अफगानिस्तान र न्युजिल्यान्ड छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश