२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार छैटौँ जित, कर्णाली ६ विकेटले पराजित

२०८०, १२ माघ शुक्रबार ०८:४४

माघ १२, काठमाडौं | प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रवार खेलिएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको पुलिसको यो छैटौँ जित हो । पुलिस क्लबले हालसम्म एक खेल पनि हारेको छैन । सातौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो चौथो हार हो । यसअघि तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४२.५ओभरमा अलआउट हुनुअघि एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने २३.४ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।


पुलिस क्लबको जितमा ओपनर दिलीप नाथले अविजित ७५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान दिलीपले केवल ६२ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीका लागि ४३ रनको योगदान गरे ।

कुशलले केवल २८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । उनले २८ बलमा एक छक्का र चार चौका हिर्काए । कर्णाली प्रदेशका बलर प्रकाश जैसीले दुई तथा दिपेन्द्र रावत र दिवान पुनले एक–एक विकेट हात पारे ।  

त्यसअघि कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय रविन्द्र शाही र निश्चल रावलले ६३ रनको साझेदारी गरेका थिए । निश्चलले अर्धशतकीय पाली खेल । रनआउट पेभेलियन फर्किनुअघि उनले ५० रन बनाए । उनले एक सय सात बलको सामना गरी ६ चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका अर्का ओपनर रविन्द्र भने ४० रन बनाउँदै आउट भए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ३५ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान अर्जुन घर्तीले पनि टोलीको खातामा २३ रन थपे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुनलले ३४ बलमा दुई छक्का र एक चौका हिर्काए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बिपिन शाही चार र हिमांशु शाही आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

प्रकाश जैसी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेन्द्र रावत तीन रन बनाउँदै आउट भए । दिनेश अधिकारीले तीन रन बटुले । युनिस सिंहले खातासम्म खोल्न सकेनन् । दिवान पुनले पनि पाँच बलमा तीन छक्काको मद्दतले २० रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो ।

पुलिस क्लबका बलर सागर ढकालले तीन विकेट लिए । उनले ९.५ ओभरमा ४८ रन खर्चिएका थिए । ललित भण्डारीले पनि दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश