४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार छैटौँ जित, कर्णाली ६ विकेटले पराजित

१२ माघ २०८०, शुक्रबार ०८:४४

माघ १२, काठमाडौं | प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रवार खेलिएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको पुलिसको यो छैटौँ जित हो । पुलिस क्लबले हालसम्म एक खेल पनि हारेको छैन । सातौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो चौथो हार हो । यसअघि तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४२.५ओभरमा अलआउट हुनुअघि एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने २३.४ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।


पुलिस क्लबको जितमा ओपनर दिलीप नाथले अविजित ७५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान दिलीपले केवल ६२ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीका लागि ४३ रनको योगदान गरे ।

कुशलले केवल २८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । उनले २८ बलमा एक छक्का र चार चौका हिर्काए । कर्णाली प्रदेशका बलर प्रकाश जैसीले दुई तथा दिपेन्द्र रावत र दिवान पुनले एक–एक विकेट हात पारे ।  

त्यसअघि कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय रविन्द्र शाही र निश्चल रावलले ६३ रनको साझेदारी गरेका थिए । निश्चलले अर्धशतकीय पाली खेल । रनआउट पेभेलियन फर्किनुअघि उनले ५० रन बनाए । उनले एक सय सात बलको सामना गरी ६ चौका पनि हिर्काए ।

कप्तानसमेत रहेका अर्का ओपनर रविन्द्र भने ४० रन बनाउँदै आउट भए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ३५ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान अर्जुन घर्तीले पनि टोलीको खातामा २३ रन थपे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुनलले ३४ बलमा दुई छक्का र एक चौका हिर्काए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बिपिन शाही चार र हिमांशु शाही आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

प्रकाश जैसी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेन्द्र रावत तीन रन बनाउँदै आउट भए । दिनेश अधिकारीले तीन रन बटुले । युनिस सिंहले खातासम्म खोल्न सकेनन् । दिवान पुनले पनि पाँच बलमा तीन छक्काको मद्दतले २० रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो ।

पुलिस क्लबका बलर सागर ढकालले तीन विकेट लिए । उनले ९.५ ओभरमा ४८ रन खर्चिएका थिए । ललित भण्डारीले पनि दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’