माघ १२, काठमाडौँ | यू–१९ विश्वकप क्रिकेटअन्तर्गत जित्नै पर्ने खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।
टिमको स्कोर ११ रन हुँदा ४.२ ओभरमा १० रनको अवस्थामा अर्जुन कुमाल फरिदोन दावदजाइको बलमा बोल्ड भए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाउन सफल भयो।
सुरुवातमा पूर्णरुपमा हावी भएको नेपालविरुद्ध पछिल्लो क्रम सम्हालिँदा कमजोर स्कोरबाट अफगानिस्तान केही माथि उठेको थियो।
४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि क्रिजमा केही सम्हालियो। उसले सातौं विकेटका लागि ४२ रनको साझेदारी गर्यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ८८ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई केही माथि लगेका थिए।