२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप: गण्डकी प्रदेश एपीएफसँग ८८ रनले पराजित

१३ माघ २०८०, शनिबार १०:२१

माघ १३, काठमाडौँ | प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित भएको छ । एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र १ सय १९ रनमै अलआउट भएका छ | 

गण्डकीका लागि ओपनर समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान दिए भने अर्का ओपनर ईश्वर क्षेत्रीले २८ रन बनाए । त्यस्तै, कप्तान विपिन कार्कीले १८ तथा करन पंगेनीले १६ रन बनाए । गण्डकीलाई सस्तोमा समेट्न एपीएफका बलर अमर रोटेलाले ४ विकेट लिए भने मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । एपीएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाए । पुरन बिकले ३० रनको योगदान दिए ।

गण्डकीका लागि बलर कमल परियारले ३ विकेट तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै