३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुदमन्त्रीसँग कप्तान रोहितको गुनासो: सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

१५ चैत्र २०८०, बिहीबार ०६:४०

चैत १५, काठमाडौँ । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् ।

एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको गुनासो गरेका हुन् ।

ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका थिए।


एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्।

प्रिमियर लिग खेल्न जाने नेपाली टिमको विदाई समारोहमा उपस्थित युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमक्ष राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम झैसम्म नपाएको गुनासो गरेका हुन् । पौडेलले सरकारले दिने भनेको कूल रकमको ६० प्रतिशतजति रकम अझै नपाएको बताए ।

‘सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’

यता युवा तथा खेलकुदमन्त्री श्रेष्ठले भने खेलाडीलाई आश्वासन दिँदै छिट्टै रकम निकासा गराउने प्रतिवद्धता जनाएका छन् ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।

दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’