कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्"/>

2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छैटौ विरेन्द्रनगर च्यालेन्ज कपको उपाधी सेभेन स्टार इटहरीलाई

कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा पथरी ११ लाई ३३ रनले पराजित गर्दै इटहरीले उपाधी उचालेको हो । 

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४१ रन बनाएको थियो । इटहरीका लागि अफजल हुसेनले ३४ फिरोज आलमले ३२ र अजय राजवंसीले २८ रन बनाए । पथरीका जय बोहोराले १८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । 

जवाफमा इटहरीले दिएको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएर व्याटिङ गरेको पथरी १९ ओभरमा मात्र १ सय  ८ रनमा समेटियो । पहिलो विकेटका लागि महेश कार्की र विनोद श्रेष्ठले ४९ रनको साझेदारी गरेपनि त्यसपछि कुनै राम्रो साझेदारी बन्न नसक्दा पथरी पराजित हुन पुग्यो । पथरीका लागि विनोद श्रेष्ठले २६, महेस कार्कीले २५ र सुमन लिम्बुले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् । इटहरीका फिरोज आलम र रविन सिंहले समान तीन तीन विकेट लिए । 

फाइनल खेलको म्यान अफ द म्याच समेत इटहरीका फिरोज आलम घोषित भए । त्यस्तै म्यान अफ द सिरिज पथरीका सुमन लिम्बु, उत्कृष्ट बलर पथरीका जय बोहोरा, उत्कृष्ट ब्याट्समेन पथरीकै फडिन्द्र दाहाल र उत्कृष्ट फिल्डर विरेन्द्रनगर क्रिकेट क्लब सेतोका चेतन खतिवडा घोषित भए । 

प्रतियोगिताको उपाधी जितेको सेभेन स्टार क्लब इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र सँगै नगद २५ हजार तथा उपविजेता बनेको पथरी ११ ले नगद १५ हजार सँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । 

कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई