२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ यु–२० च्याम्पियनसिपः बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

६ भाद्र २०८१, बिहीबार ११:२८

भदौ ६,  काठमाडौं । आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो।

नेपालको जितमा पहिलो हाफमा भएको २ गोल महत्वपूर्ण रह्यो। पहिलो हाफमा लिएको २–१ को अग्रता अन्तिमसम्म जोगाउन नेपाली युवा टोली सफल हुँदा अपराजित रहेर सेमिफाइनलमा स्थान बनायो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरेका थिए। बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमार्फत पहिलो हाफमै एक गोल फर्काए पनि टिमको बराबरीको लागि समेत पर्यााप्त भएन।


खेलको १७औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाएका थिए। नेपाली खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले गरेको गम्भीर गल्तीको फाइदा नेपालले लियो। नेपाली खेलाडीले डिबक्सबाट क्लियर गरेको बल अगाडि आएर सहज क्लियर गर्नुपर्नेमा उक्त बलमा चुक्दा समिरले गोलरक्षकबाट खोस्दै सहज रुपमा गोलमा परिणत गरेका थिए।

दुई मिनेटपछि नै निराजनले टोलीको अग्रता दोब्बर बनाए। उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाउँदा नेपाले २० मिनेटभित्रै २–० को अग्रता बनाएको थियो। पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बंगलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

दोस्रो हाफमा बंगलादेशले बल पोसेसन बनाए पनि गोल गर्न भने सकेन। जसका कारण नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो।

पराजयका बाबजुत बंगलादेश पनि सेमिफाइनल प्रवेश गरिसकेको छ। दुवै टोलीले श्रीलंकालाई हराउँदै अन्तिम खेलअघि नै सेमिफाइनल यात्रा निश्चित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ