२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल फ्रेन्चाइजी लखनऊको मेन्टर बने जाहिर खान

१२ भाद्र २०८१, बुधबार १२:२४

भदौ १२, काठमाडौँ ।  भारतीय क्रिकेट टिमका पूर्व फास्ट बलर जाहिर खान आईपीएल फ्रेन्चाइजी लखनऊ सुपर जायन्ट्सको मेन्टर बनेका छन् ।

२०२२ मा आइपिएलको फ्रेन्चाईजी बनेको लखनउको मेन्टरको भूमिकामा यस अघि अष्ट्रेलियाका जस्टिन ल्यान्गर थिए । त्यस अघि हाल भारतीय टिमका मुख्य प्रशिक्षक रहेका गौतम गम्भीरले दुई बर्ष प्रशिक्षकको भूमिका निभाएका थिए ।  

केएल राहुलको कप्तानीमा रहेको लखनउ २०२२ र २०२३ मा आइपिएलको प्लेअफसम्म पुगेको थियो भने २०२४ मा लिग चरणमा सातौं रहेको थियो । 


त्यस्तै ४५ वर्षीय जहीर खान सन् २००० देखि २०१४ सम्म भारतीय राष्ट्रिय टिमबाट खेलेका थिए । उनले २०११ को एकदिवसीय विश्वकपमा सबैभन्दा बढी विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण भारतलाई २८ वर्षपछि एकदिवसीय विश्वकप जितेको थियो ।

पूर्व बायाँ हाते फास्ट बलर जहीर खान बललाई दुबैतर्फ स्विङ गराउनका लागि परिचित छन् । उनी कपिल देवपछि टेस्ट क्रिकेटमा भारतका दोस्रो सबैभन्दा सफल बलर हुन् ।

जाहीर खानले भारतका लागि ९२ टेस्ट, २०० एकदिवसीय र १७ टी–२० खेल खेलेका छन् । उनले आईपीएलमा १०० खेल खेलिसकेका छन् । यी खेलमा उनले आफ्नो नाममा कुल १०२ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि, जाहीर खान लामो समय आइपिएल टिम मुम्बई इन्डियन्ससँग आवद्ध थिए । उनले मुम्बई इण्डियन्समा क्रिकेट निर्देशकको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ