2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय तेक्वान्दो आईटिएफ च्याम्पियनशिप आज

कृष्ण कँडेल/मंसिर १८, बागलुङ । बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ । 

नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले उद्घाटन गर्ने कार्यक्रम छ । 

च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक र दुइ बिभागिय टोली नेपाली सेना र नेपाल सशष्त्र प्रहरी भिडदै छन् । प्रतियोगिताका लागि आर्थिक ब्यबस्थापन, खेलमैदानको ब्यवस्थान, प्रचार प्रसार, रेफ्रि आम्पाएर ब्यवस्थान जस्ता तयारी पुरा भएको प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका केन्द्रिय अध्यक्ष घमबहादुर थापाले जानकारी दिए । उनले खेलमा सहभागी सम्पुर्ण टिमका खेलाडी तथा रेफ्र र आम्पाएर पनि बुर्तिबाङ आईपुगेको बताए । 

यो खेललाइ बुर्तिवाङमै गरेर पर्यटन विकास, ग्रामीण क्षेत्रसम्म खेलको विकासका लागि पहल हुन सकोस भन्ने उद्धेश्य राखिएको आयोजकले जनाएको छ । प्रथम हुने खेलाडीलाइ ६ सय डलर, द्वितिय हुनेलाइ ३ सय डलर र तृतिय हुनेलाइ २ सय डलर पुरस्कार प्रदान गरिने छ । कार्यक्रमका लागि अन्तराष्ट्रिय तेक्वान्दो महासंघका पदाधिकारी पनि आउने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक टिमबाट ३ जनाका दरले २४ जना देशभर ख्याती कमाएका खेलाडीले भाग लिने संयोजक थापाले जानकारी दिनुभयो । 

विशेषगरी यो खेलका लागि ब्ल्याक बेल्ट पाएर विगतमा राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने छ । ५७ केजी देखि ६४ केजी बिचका खेलाडी बिच मात्र प्रतियोगिता गरिने प्रावधान छ । स्थानिय सरोकारवालाले बुर्तिबाङ जस्तो ठाउँमा यस्ता राष्ट्रिय स्तरका खेल कहिल्यै नभएको भन्दै विशेष पर्बको रुपमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गाविस स्तरिय खेलकुद विकास समिति बुर्तिबाङका अध्यक्ष सोमबहादुर पौवि यामुले प्रतियोगिताका लागि सवै प्रकारका सहयोग हुने बताए । 

प्रतियोगिता बुर्तिबाज बजारमा रहेको बुर्तिबाङ बसपार्कमा हुने छ । यसैविच स्थानिय स्तरमा विरल्लै हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको लाई सम्पन्न गर्न शुक्रवार आयोजकले बुर्तिबाङका राजनितिक दलसँग छलफल गरेको छ । 

स्थानिय युवा व्यवसायी दिपेन्द्र श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा भोली हुने प्रतियोगिता सम्पन्न गर्न आफ्नो ठाउँबाट सवै प्रकारको सहयोग गर्ने दलका प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानिय राजनितिक दल र सरोकारवालाले परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । बुर्तिबाङ केन्द्र रहने गरि प्रश्ताव गरिएको ढोरपाटन नगरपालिका बनाउनको लागि पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाईने नेपाली काँग्रेशका महाधिवेशन प्रतिनिधि धिरप्रतापसिंहले जानकारी दिए । 

गत साउनमा आएको बाढी पहिरोबाट प्रभावित बनेका नागरिकलाई पुनस्र्थापना र क्षेत्री भएका भौतिक संरचानाको पुननिर्माणका लागि पनि ध्यानाकर्षण गराउने दलहरुको निर्णय छ । बाढि पहिरोपछि बुर्तिबाङ बजार उच्च जोखिमामा रहेको भन्दै बजार क्षेत्रको कबर्डहल देखि न्युमोर्डन एकेडेमिसम्म तटबन्धन गर्नका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीलाई आग्रह गरिने भएको छ । कार्यक्रममा प्रतियोगिता संयोजक घमबहादुर थापाले भोली हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको बारेमा दलका प्रतिनिधिलाई जानकारी गराउँदै सहयोग गर्न अपिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई