पुस १ , काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १ , काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरम"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीका रोहितले जब अन्तिम ओभरमा भारतविरुद्ध छक्का-चौका वर्षाए

पुस १, काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्‍याए । आजको खेलमा हारका बाबजुद पनि नेपाली त्रिकेट समर्थकहरुले अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई संधै स्मरण गरिरहनेछन् । ९८ बलको सामना गरेका रोहितले अविजित रहेर नेपालका लागि बलियो स्कोर बनाउने प्रयास गरेका थिए ।

निकै कम्जोर पर्दर्शनका बीच पनि रोहितको सहयोगले नेपालले निकै सम्मानजनक स्थिति बनायो । रोहित मैदान प्रवेश गर्दा नेपालको स्कोर ८६ रन मात्र थियो र, आधा खेल बाँकी नै थियो । तर, रोहितले एउटा इन्डमा बसेर भारतीय बलरहरुको डटेर सामना त गरे नै, अन्तिम ओभरमा जे गरे, त्यो निकै गज्जबको थियो । कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन नलिएका उनले दोस्रो बलमा छक्का हाने । तेस्रो र चौथो बलमा चौका हानेका उनले पाँचौ बलमा छक्का हाने । र, छैटौं बलमा फेरि चौका हान्दै नेपालको पारी समाप्त गरे । जुन निकै राम्रो मात्र हैन बिरलै देखिने पर्दर्शन हो । 

नवलपरासीका रोहित काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका छन् । प्रशिक्षक रिकेश लामाका अनुसार उनी अलराउण्डर हुन् र क्लबमा खेल्दा ओपनिङ व्याटिङ गर्छन् । ‘उनी क्लबमा तीन वर्षदेखि छन्,’ लामाले भने, ‘उनी टिममा व्याट्सम्यानको रुपमा परेका हुन् । तर, बलिङ पनि त्यति नै राम्रो गर्छन् ।’

उनी क्लबमा तेस्रो-चौथो नम्बरका बलर हुन् । अहिले यू-१९ टिममा भने भैरहवामा भएको ट्यालेन्ट हन्टबाट उनी छनौट भएका हुन् । उनको आजको खेल पर्दर्शनलाई क्रिकेटप्रेमीहरुले निकै प्रशंशा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो