पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर"/>

2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बागलुङ गोल्डकप’ फुटबल प्रतियोगिता माघमा

पुस ४ , बागलुङ | बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । 

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा विजेता समूहलाई रु एक लाख र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, फरवार्डर, अनुशासित समूह, प्रशिक्षकलाई रु पाँच हजारका दरले पुरस्कार दिने व्यवस्था गरिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न कुल रु ११ लाख ९१ हजार ५०० खर्च लाग्ने अनुमान गरिएको सञ्जालका अध्यक्ष राजकुमार बोसेलले जानकारी दिनुभयो । “बागलुङमा फुटबल गतिविधि सुस्ताएपछि प्रतियोगिता आयोजना गरेका हौँ” अध्यक्ष बोसेलले भन्नुभयो “आवश्यक खर्च जुटाउन सहयोग अभियान चलाएका छौँ, सबै पक्षको सहयोगको अपेक्षा गरेका छौँ ।” 

सञ्जालले दुई वर्षअघि पनि ठूलो पुरस्कार राशिको ‘इमेज गोल्डकप’ आयोजना गरेको थियो । त्यसयता बागलुङमा फुटबलको ठूला प्रतियोगिता हुन सकेका थिएनन् । सञ्जालले अबदेखि बर्सेनि बागलुङ गोल्डकपको नाममा प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई