दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु

२१ पुष २०७३, बिहीबार १६:३७


दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ । 

सुदूरपश्चिम ११ स्पोर्टस कल्वको आयोजनामा  धनगढीस्थित रगशालामा सुरु गोल्ड कपको विहिबार सासद पुष्करनाथ ओझाले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले  सुदूरपश्चिममा फुटवल मैदानको अभावमा फुटवलको विकाश हुन नसकेको भन्दै  आगामी आर्थिक वर्षको बजेटमा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान निर्माणको लागि बजेट छुटयाउने प्रतिवद्धता जनाउनुभयो । 

सो अवसरमा प्रमुख अतिथि सासद ओझलाई २१ किलोको माला समेत लगाईएको छ । सुदूरपश्चिमको फुटवलको विकाशमा ध्यान केन्द्रित गर्ने उदेश्यले कार्यक्रमका प्रमुख अतिथि ओझालाई २१ किलोको माला लगाईएको आयोजकले जनाएको छ । त्यस्तै विशिष्ट अतिथि अखिल नेपाल फुटवल सघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष मणि कुवरलाई २१ किलो र मुख्य प्रयोजक भागेश्वर गु्रपका सञ्चालक टेक बहादुर बोगटीलाई ७ किलोको माला लगाईएको थियो ।  यसैबीच, आज भएको उद्घाटन खेलमा भारतको पाहुना टोली पञ्जाब केफसी विजयी भएको छ । 

धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको खेलमा पञ्जाब केफसी ३–२ गोल अन्तरले नेपालगञ्ज–११ लाई पराजित गरेको हो । पञ्जाब केफसीको जितमा जर्सी नम्बर ११ का खेलाडी लक्कीले दुई र ८ नम्बर जर्सीका रिमीले एक गोल गर्नुभयो । खेलको पहिलो हाफमा रिमीको गोलबाट अग्रता लिएको पञ्जाब केफसीलाई लक्कीले दोस्रो गोलको अग्रता दिलाउनुभयो । 

पहिलो हाफमै नेपालगञ्ज–११ का विक्रमसिंह ठकुरीले एक गोल फर्काए पनि थप गोल हुन सकेन । खेलको मध्यान्तरमा पञ्जाबका लक्कीले थप एक गोल गर्दै ३–१ को अग्रता दिलाउनुभयो । मध्यान्तरपछि नेपालगञ्ज–११ ले केहि आक्रामक खेलेपछि आत्तिएको पञ्जाबले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा खेल ३–२ को स्थितिमा पुगेको थियो । 

त्यसबेला नेपालगञ्जले पहिलो हाफको भन्दा राम्रो खेलेको थियो । तर, पाएको मौकाको सदुपयोग गर्न नसकेपछि सुरुवाती खेलमै पाहुना टोलीसंग स्तब्ध हुनु परेको छ । पञ्जावलाई जिताउनका लागि उसको गोलकिपरले समेत उत्कृष्ट बचाउ गर्नुभयो । खेलमा उत्कृष्ट बचाउ गर्नु भएका पञ्जाबका गोलकिपर गुरुजितसिंह म्यान अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो । 

उहाँलाई पाँच हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । भोली वेष्ट काठमाण्डौं र डुकस्टार एफसी भुटानबीच खेल हुने आयोजकले जानकारी दिएको छ । मुख्य प्रायोजक भागेश्वर गु्रप र सह–प्रायोजक नेपाल टेलिकम रहेको प्रतियोगिताको विजेता टिमले  ५ लाख लाख र उपबिजेताले २ लाख ५१ ह्जार रुपैया प्राप्त गर्नेछ ।  

प्रतियोगितामा तीन विभागीय टोली सहित नेपालको १०,  भारतको २ र भुटानको १ गरि १३  ए डिभिजन कल्वको सहभागीता रहेको छ ।  प्रतियोगीता अवलोकनका लागी  ५० र १ सय रुपैया टिकटदर कायम गरिएको छ भने सिजनल कार्डको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको डिस होमले प्रत्यक्ष प्रसारण गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह