पुस २४, धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूरपश्चि ११ स्पोर्टस क्लव बिजयी भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २४, धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूरपश्चि ११ स्पोर्टस क्लव बिजयी भएको "/>

2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको पञ्जाब एफसीलाई ५–० गोल पराजित गर्दै सुदूरपश्चिम ११ सेमिफाईनलमा प्रवेश


दिनेश ठकुल्ल । पुष २४, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, वाई पाएर क्वाटरफाइनलमा पुगेको घरेलु टोलीले आज भारतको पञ्जाब एफसीलाई ५–० गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टिम आयोजक सुदूरपश्चिम–११ नै बनेको छ । धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको रोमाञ्चक खेलमा आयोजक टिम खेल अवधिभरी नै पञ्जाबमाथि हावी भएको थियो । घरेलु टिमले पहिलो हाफमा ३ र दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । खेल मैदानमा खचाखच भरिएका घरेलु दर्शकको साथ पाएको आयोजक सुदूरपश्चिम–११ ले मनिराम चौधरी (म्याक्स) को गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा नै चौधरीले गोल गर्नु भएको थियो । पहिलो हाफकै ३८ औं मिनेटमा सुमित दुवेले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ४३ औं मिनेटमा मनिराम चौधरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै आफ्ना समर्थकको मन जित्नुभयो ।

मध्यान्तरपछिको ५९ औं मिनेटमा थप एक गोल गर्दै चौधरीले ह्याट्रिक पूरा गर्नुभयो । उहाँ म्यान अफ द म्याच घोषित भइ पुरस्कृत समेत हुनुभयो । निर्धारित समय सकिएपछि थप भएको अतिरिक्त समयको पहिलो मिनेटमा प्रणय अञ्जानले गोल गर्दै विपक्षी टिमलाई स्तब्ध पार्नुभयो । खेलमा सुदूरपश्चिम–११ सामू निरीह देखिएको पञ्जाब एफसीले केहि मौका भने नपाएको होईन । सो टिमले पाएको मौकालाई गोलमा परिणत गर्न सकेन । यसअघि, नेपालगञ्ज–११ विरुद्ध राम्रो खेल प्रदर्शन गरेका पञ्जाब एफसीका खेलाडीहरु घरेलु टिम विरुद्ध निरीह भएका थिए । उक्त टिमका खेलाडीहरु आत्तिएर मैदानमै अपशब्द प्रयोग गर्ने जस्ता व्यवहार देखाइरहेका थिए । अपशब्द बोलेकै कारण रेफ्रीले भारतका एक खेलाडीलाई पहेलो कार्ड देखाउनु भएको थियो ।

प्रतियोगितामा भोली पहिलो खेल सङ्कटा र जगदम्बा लुम्बिनीबीच र दोस्रो खेल पोखराको सहारा युवा क्लब र दिल्ली युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ । माघ १ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई