दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुग"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दिल्ली युनाईटेड सेमिफाईनलमा प्रवेश, संकटा पनि क्वाटरफाईनलमा

२५ पुष २०७३, सोमबार १३:१५


दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुगेको छ । सोमवार धनगढी रंगशालामा भएको खेलमा पोखराको सहारा क्लवलाई हराउँदै अन्तिम चारमा पुग्दा संकटा जगदम्वा लुम्विनीलाई किनारा लगाएर क्वाटरफाईनलमा पुगेको हो । 

कडा प्रतिस्पर्धामा दिल्ली युनाईटेड पोखराको सहारा क्लवलाई ३—२ ले किनारा लगाउँदै सेमिफाईनल पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर २२ का सन्दीपले गोल गर्दै अग्रता दिलाए । त्यसको ४ मिनेटमा नै सहाराले गोल गर्दै खेल वरावरी गर्यो । 

पहिलो हाफको १४ औ मिनेटमा जर्सी नम्वर ८ का उत्तम गुरुङले गोल गरे । दोस्रो हाफको ४६ औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर १९ का थोपी र ५० औं मिनेटमा जर्सी नम्वर २५ का लागोले गोल गर्दै खेललाई ३—१ को स्थितिमा पुराए । 

सहारका लागि ७१ औं मिनेटमा जर्सी नम्वर १० का सामसोनले गोल गरे । त्यसपछि कुनै पनि टीमले गोल गर्न नसकेपछि दिल्लीको पक्षमा नतिजा गएको हो । खेलको म्यान अफ द म्याच भएका जर्सी नम्वर १९ का थोपेले आगामी खेलहरु पनि जितका लागि खेल्ने वताउनुभयो । दिल्लीका प्रशिक्षक क्लेवसोन दउर्ते र कप्तान डोनले सवै खेलाडीहरुको तालमेल मिलेका कारण जितेको वताउनुभयो । 

सहारा क्लवका कुनै पनि पदाधिकारीले खेलको वारेमा प्रतिक्रिया दिएनन् । सोमवार नै धनगढी रंगशालामा भएको खेलमा संकटाले जगदम्वा लुम्विनीलाई २—१ ले पराजित गरेको हो । 

खेलको सुरुवातमा गोल गर्दै लिएको अग्रतालाई वचाउन नसक्दा हार व्यहोर्न वाध्य भएको हो । 

पहिलो हाफको अतिरिक्त समयको १ मिनेटमा नगदम्वा लुम्विनीका जर्सी नम्वर ११ का रितेश मल्लले गोल गरे । पहिलो हाफमा १—० ले अगाडी वढेको अवस्थामा जगदम्वाले दोस्रो हाफको ६४ औ मिनेटमा आत्मघाती गोल गर्यो । जगदम्वाका जर्सी नम्वर १२ का पुर्ण गुरुङले हेड गरेको वल आफ्नै पोष्टमा छिरेको हो । 

वरावरी भएपछि आक्रमण भएको संकटका लागि दोस्रो हाफको ७८ औं मिनेटमा जर्सी नम्वर १४ का सुमीत केसीले गोल गर्दै संकटलाई क्वाटरफाईनलमा पुराएका हुन । जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टीमले मेहनत गरेका कारण जित हासिल भएको वताउनुभयो । 

जगदम्वा लुम्वीनीका प्रशिक्षकक विकास गुरुङले डिफेन्स लाईनका खेलाडी घाईते भएका कारण र अपसाईड वलमा गोल खाएपछि हार व्यहोरेको वताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह