Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खप्तड गोल्डकप २०७३: मनाङ मस्याङ्दी सेमिफाईनलमा प्रवेश

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानको डुकस्टार फुटवल क्लवलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

वाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङले पहिलो हाफमा वरावरी खेलेको थियो । दोस्रो हाफमा उसले दुवै गोल गरेको हो । दोस्रो हाफको ५१ औं मिनेटमा विदेशी खेलाडी जर्सी नम्वर ९९ का ओलावा ओफिजले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । डिवक्सवाट उनले गरेको कडा प्रहारलाई डुकस्टारका गोलरक्षकले रोक्ने मौका समेत पाएनन् ।

दोस्रो हाफको ८९ औं मिनेटमा जर्सी नम्वर ७ का सुसिल लामाले गोल गर्दै मनाङको जित सुनिश्चित पारे । राम्रो प्रदर्शन गर्न सफल भएपनि डुकस्टारले गोल गर्न नसक्दा खेल गुमाए पनि दर्शकको मन जित्न सफल भएको छ ।

जितपछि प्रतिक्रिया दिदै मनाङका कप्तान अनिल गुरुङले सुरुवाती खेलमा सधैं राम्रो खेल्न नसकेको भन्दै अवका खेलहरुमा प्रदर्शन सुधार हुँदै जाने वताउनुभयो ।

मनाङकै प्रशिक्षक छिरिङ लोप्चन गुरुङले विपक्षी टीमले राम्रो खेलेकोमा प्रशंशा गर्दै दोस्रो हाफमा राम्रो खेलेका कारण जित सम्भव भएको वताउनुभयो ।

डुकस्टारका सहायक प्रशिक्षक टसी डेन्डुकले विपक्षी टीम वढी अनुभवी भएका कारण आफ्ना कम उमेरका खेलाडीहरुले जित्न नसके पनि राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

डुकस्टारका कप्तान टङडीन दोर्जेओले आफ्ना खेलाडीहरुले अनुभव वटुल्न पाएको भन्दै मनाङको खेल हेरीसकेकोले उनीहरुसँग कम गोल खाने रणनिति अनुसार खेलेको वताउनुभयो ।

भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भईरहेको गोल्डकपको वुधवार अन्तिम क्वाटरफाईनलमा नेपाल आर्मी क्लव र संकटा क्लव प्रतिस्पर्धा गर्नेछन । मनाङसँगै भारतको दिल्ली युनाईटेड र आयोजक सुदुरपश्चिम ११ यस अघि नै सेमिफाईनल पुगिसकेका छन ।

सेमीफाईनलमा मनाङले दिल्ली युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदुरपश्चिम ११ ले भने सेमिफाईनलमा नेपाल आर्मी र संकटाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पुस २१ गतेदेखि भईरहेको प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले दुई लाख ५१ हजार नगद पाउनेछन । माघ १ गतेसम्म चल्ने प्रतियोगिताकाmे उत्कृष्ट खेलाडीले मोटर साईकल उपहार पाउने आयोजकले जनाएको छ ।