पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लायन्स क्लवद्वारा म्याराथन दौडको आयोजना

२६ पुष २०७३, मंगलवार १३:५१


पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा साता व्यापी कार्यक्रम अन्तर्गत आज वीरगंजमा मिनि म्याराथन दौडको आयोजना गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

“क्लिन वीरगंज सेफ वीरगंज” नाराका साथ लायन्स लगायत विभिन्न संघसंस्था एवं सर्वसाधारणहरुको सहभाागितामा भव्यताका साथ सो कार्यक्रम सम्पन्न गरियो । वीरगंजको आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक अगाडीबाट शुरु भई छपकैया, नगवा हुदै घण्टाघरमा आएर समापन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साहको प्रमुख अतिथ्य एवं लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर इ. लायन संजय खेतानको विशिष्ट अतिथ्य रहेको सो प्रतियोगितामा महिला तथा पुरुष तर्फका सहभागी विजेताहरुलाई पुरस्कार वितरण गरियो ।

सो कार्यक्रममा लायन्स क्लवका वरिष्ठ सदस्य पशुपति विक्रम शाह, डिएन अग्रवाल, लायन्स क्लव गोल्डेन स्पायरोका अध्यक्ष लायन रेशमा सर्राफ, राइजिंगका अध्यक्ष गौरव केडिया, ग्रीनका अध्यक्ष वासु तिमिल्सिना, आदर्शनगरका अध्यक्ष विनय वंसल, कार्यक्रम संयोजक प्रजय हरलालका, उद्घोषण देव चौधरी, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन राघव आचार्य, मिनाक्षी गुप्ता लगायत विभिन्न लायन्स क्लवमा आवद्ध प्रतिनिधि एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह