पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वा"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लायन्स क्लवद्वारा म्याराथन दौडको आयोजना

२०७३, २६ पुष मंगलवार १३:५१


पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा साता व्यापी कार्यक्रम अन्तर्गत आज वीरगंजमा मिनि म्याराथन दौडको आयोजना गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

“क्लिन वीरगंज सेफ वीरगंज” नाराका साथ लायन्स लगायत विभिन्न संघसंस्था एवं सर्वसाधारणहरुको सहभाागितामा भव्यताका साथ सो कार्यक्रम सम्पन्न गरियो । वीरगंजको आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक अगाडीबाट शुरु भई छपकैया, नगवा हुदै घण्टाघरमा आएर समापन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साहको प्रमुख अतिथ्य एवं लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर इ. लायन संजय खेतानको विशिष्ट अतिथ्य रहेको सो प्रतियोगितामा महिला तथा पुरुष तर्फका सहभागी विजेताहरुलाई पुरस्कार वितरण गरियो ।

सो कार्यक्रममा लायन्स क्लवका वरिष्ठ सदस्य पशुपति विक्रम शाह, डिएन अग्रवाल, लायन्स क्लव गोल्डेन स्पायरोका अध्यक्ष लायन रेशमा सर्राफ, राइजिंगका अध्यक्ष गौरव केडिया, ग्रीनका अध्यक्ष वासु तिमिल्सिना, आदर्शनगरका अध्यक्ष विनय वंसल, कार्यक्रम संयोजक प्रजय हरलालका, उद्घोषण देव चौधरी, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन राघव आचार्य, मिनाक्षी गुप्ता लगायत विभिन्न लायन्स क्लवमा आवद्ध प्रतिनिधि एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने