पढ्न करिब 1 मिनेट लाग्छ

श्याम थापा/माघ १७, त्रिबेणी । नवलपरासीको बैदौली गा.बि.स को वडा न.५ मा गा.बि.स स्तरिय एवम् खुल्ला क्रिकेट प्रतियोगिता आज बाट सुरु भएको छ ।

बैदौली युवा संजालको आयोजनामा र बैदौली गा.बि.स कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन कार्यक्रम बैदौली गा.बि.सका बरिष्ठ समाजसेवी सुरेश शाहीको प्रमुख अतिथ्यतामा र बैदौली युवा संजालका अध्यक्ष बर्मा ठाकुरको अध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा १६ वटा टिमको सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगिता उदघाटन कार्यक्रममा बैदौली गा.बि.स सचिव भगवती कुर्मी,बैदौली प्रहरी चौकीका ईन्चार्ज अरुण कुमार महतो,राजेश सिहं,ब्यासमुनि कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा बिजेता हुने टिमलाई नगद १५ हजार र कप मेडल, उप बिजेता टिमलाई नगद १० हजार र सिल्ड मेडल दिईने छ भने प्रतियोगिता आज बाट ५ दिने सम्म सञ्चालन रहने आयोजकले जनाएको छ ।