पढ्न करिब 3 मिनेट लाग्छ

बैशाख ३, धनगढी | धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेको छ ।

आइतबार बिहान भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित र्गयो । जितपछि रुपन्देही च्यालेन्जर्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले निर्धारित ओभरमा १ सय ३२ रन बनायो । जसमा अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने पवन सराफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषावकरले समान १/१ विकेट हात पारे ।

१ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गस भने १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो । विराटनगरलाई ध्वस्त पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सका साहव आलमले ४ ओभरमा १९ रन दिँदै ४ बिकेट हात पारे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । विराटनगरलाई सस्तैमा रोक्न दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समेत ३/३ विकेट झारे ।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा आइतबार भएको दोस्रो खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले हराएर विजयी भएको हो ।

पहिले व्याटिङ गरेको सिवाइसी अत्तरियाले कञ्चनपुर आइकोनिकसामु ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुवरले १५ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कन्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले समान ३–३ विकेट लिए

सिवाइसीले दिएको लक्ष्य कञ्चनपुर आइकोनिकले १० ओभर मात्र ४ विकेट गुमाएर लक्ष्य भट्टायो । आइकोनिकका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए । सिवाइसीका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुवरले एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम खेलमा टीम धनगढी र रुपन्देही च्यालेन्र्स वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । त्यो खेलले प्लेअफको टुङगो लगाउनेछ । अंक तालिकामा रुपन्देही च्यालेन्सर्ज पहिलो र विराटनगर किग्स दोस्रो हुदै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ गोल्डेन्स कञ्चनपुर आईकोनिक र सिवाईसी अत्तरीयाको समान ४ अंक रहेको छ । रनरेटका आधारमा काठमाण्डौ तेस्रो र कञ्चनपुर आईकोनिक चौथो स्थानमा रहेको छ । रनरेटले अत्तरीया पाचौ स्थानमा रहदा दुई अंक रहेको टीम धनगढी चौराह पुछारमा रहेको छ । अन्तिम खेलमा धनगढीले जितेमा समान चार अंक रहनेछ । त्थ्यसपछि रनरेट हेरिनेछ । धनगढी रुपन्देहीसग हारेमा काठमाण्डौ र कञ्चनपुर प्लेअफमा पुग्नेछ ।