Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख १८ गते, दिउँसो १२:३७ बजे खेलकुद, नवलपुर - NWL

नवलपरासीका अनुप राष्ट्रिय फुटवल टिममा छनौट

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् ।

सानै उमेरदेखि फुटवलमा रुचि राख्दै स्थानीयस्तर खेलमा सहभागी हुदै आएका राना १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टीममा छनौट भएका हुन ।  नवलपरासीको प्रतिनिधित्व गर्दै राना राष्ट्रिय छनौटमा परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए ।

पश्चिमाञ्चलक्षेत्रबाट २ सय बढि सहभागीलाई उछिन्दै उनले काठमाण्डौमा भएको  अखिल नेपाल फुटवल संघ (एन्फा)को छनौट प्रतिष्पर्धामा समेत आफूलाई खरो रुपमा प्रस्तुत गरेका थिए । राना गोलकिपरमा बिशेष दख्खल राख्छन् । उनी १४ बर्ष मुनिको फुटवल टिममा गोलकिपर हुनेछन् । एन्फा नवलपरासीका महासचिव सेतमान पुनका अनुसार टिममा छनौट भइसकेका उनलाई एन्फाले काठमाण्डौमा अध्ययन प्रशिक्षण तथा अरु सबै खर्च बेहोर्छ ।

त्यस्तै उनी १४ बर्ष मुनिको टिममा छनौट भएपछि उनका परिवार शुभेच्छुक तथा खेलप्रेमी स्थानीय खुसी भएका छन् ।  उनको परिवारमा भएको त्यो खुसीले  उनका शुभेच्छुक तथा खेलप्रेमीहरुलाई समेत खुसी बनाएको स्थानीय एक युवाले बताए ।

उनका वुवा बुद्धि प्रसाद राना र ममता रानालाई समेत छोराको सफलताबाट खुसी लागेको छ । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । म आएकै बेला छोरो सेलेक्सनमा परेको छ – अनुपका बुवा बुद्धिले भने– सन्तानका खुसी को पो खुसी हुदैन र ।

सबैको सहयोगले म छनौट भए आउने दिनमा समेत यस्तै शुभेच्छको अपेक्षा लिएको छु – छनौट भएका खेलाडी रानाले भने – मम्मी ड्याडी र दिदी लगायत परिवार सबैको प्रेरणाबाट म छनौट भएको छु ।

छनौट भएपछि झनै लगनशील भएर खेलमा सहभागी हुने उत्साह मिलेको उनले बताए । सालबाल सनराईज इंगलिस स्कुलमा कक्षा  ९ मा अध्ययनरत अनुपको सफलताबाट  बिद्यालयमा समेत खुसी छाएको प्रिन्सिफ बालकृष्ण लम्सालले बताए ।

पढाईमा समेत बाबु लगनशील र इमान्दार छ – लम्सालले भने– खेलमा मुख्य गरी गोलकिपरमा उनी अब्बल छन्  इमान्दारिता र लगनशिलताले त्यहां सम्म पु¥यायो । आफ्नो बिद्यार्थी छनौटमा परेकोमा खुसी लागेको लम्सालले सुनाए ।

रानाको छनौटले स्थानीय युवा तथा किशोरहरुमा खेलप्रति रुचि जाग्दै जाने संकेत मिलेको स्थानीयले बताएका छन् । नेपाली फुटवलका स्ट्राइकर बिमल घर्ती मगर पनि बर्दघाट नगरपािलका भुताहा निवासी हुन ।