Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-25 12:28 AM
काठमाडौँ - KTM

एकदिवसीय प्रधानमन्त्री कप जेठ ९ गतेबाट हुने

वैशाख
२८, काठमाडौँ। सर्वाधिक पुरस्कार राशि भएको
एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

राष्ट्रिय
खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको
व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा
पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी
, नेपाली
सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव
केशवकुमार विष्टले जानकारी दिनुभयो ।

 प्रतियोगिताको
विजेता टोलीले ट्रफीसहित रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
सेमिफाइनल पुग्ने टोलीले रु ५० हजार
, म्यान
अफ दी सिरिजले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार
पुरस्कार पाउनेछन् ।

 नेपाली
राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका
लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । लिगकम नकआउटको आधारमा खेलाइने
उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्चस्वरुप रु ५० हजार प्रदान गरिने
आयोजकले जनाएको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक