२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

२०८१, ७ कार्तिक बुधबार १३:०९

पोखरा | नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका तीव्र गतिका बलर एन्डरसन फिलिपलाई तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो।

वेस्ट इन्डिजका अन्तर्राष्ट्रिय खेलाडी फिलिप २८ वर्षका छन् र उनी आफ्नो १४० किलोमिटर प्रतिघण्टाको औसत गतिमा बलिङ गर्ने क्षमताले चर्चित छन्। पोखरा एभेन्जर्समा उनले नेपालका ओपनर कुशल भुर्तेलको मार्की खेलाडीको रूपमा खेल्ने छन्।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले फिलिपको आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। टिमका म्यानेजिङ डाइरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीहरूलाई समेट्दै प्रतिस्पर्धात्मक टोली बनाउन लागेको बताए।

एनपीएलको सबैभन्दा महँगो टिमको रूपमा परिचित पोखराले फिलिपसहित कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, र अमृत गुरुङलाई टोलीमा समावेश गरेको छ। एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै