2026-07-24 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र भुटान बुधबार भिड्ने

भदौ २७, काठमाडौँ। एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ । 

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । 

त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताउनुभयो । 

“प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउपर्नेछ, त्यसपछि दुई÷तीन खेलाडीले अर्धशतक र शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ”, प्रशिक्षक दास भन्नुहुन्छ । उहाँले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा च्याम्पियन बनेर एसिया कप छनोट हुने नेपालको लक्ष्य रहेको बताउनुभयो । 

त्यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भुटानका बारेमा आफू धेरै जानकार नभए पनि आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक