२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगितामा धाँदली भएको भन्दै पुत्ला दहन

२०७४, १३ आश्विन शुक्रबार ००:१६

असोज १३, दार्चुला | विजया दशमी २०७४ को अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ७ धापमा सञ्चालन गरिएको प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगिताको उपाघि महाकाली नगरपालीका वडा नम्बर ५ मोहतीको टिमले हात पारेको छ । महतिले खेलमा प्रथम भएसंगै नगद रु ५५ हजार ५ सय ५५ का साथै मेडक सम्मानपत्र पाएको छ ।

यस्तै खेलमा उपबिजेता बनेको स्टार ब्वाइज टिमले २२ हजार २ सय २२ रुपैया पुरुस्कार प्राप्त गरेको छ । महति र स्टार ब्वाइजबिच भएको फाइनलखेलमा २­० गोल अन्तरले महति टिम बिजयि भएको हो ।

खेलमा स्टार ब्वाइज र जगन्नाथ युवा क्लब गल्फैबिच भएको सेमिफाइनल खेलको बिबादपछि जगन्नाथ टिमले खेल बहिस्कार गरेपछि स्टार ब्वाइजले सिधै फाइनल खेल खेल्न पाएको थियो ।

आयोजकले धादधीपुर्ण ढंगले खेल खेलाएर राजनीतिकरण गरेको भन्दै जगन्नाथ युवा क्लबका खेलाडिहरुले महाकाली नगरपालीकाका मेयरको पुत्ला दोहन गरेका छन ।


मंगलबार जगन्नाथ युवाक्लब गल्फै र स्टार ब्वाइज टिम बीच सेमिफाइनल खेल सञ्चालन भएको र खेलको ८४ औँ मिनेटमा लाइन म्यानले फरक र रेफ्रीले फरक निर्णय गरेपछि खेलमा विवाद सिर्जना भएको थियो । 

आयोजकले बिबाद भएको सेमिफाइनल खेललाइ रि गरेर खेलाउँने निर्णय गरेपनि जगन्नाथ युवा क्लबले रि गरेर सञ्चालन हुने खेलमा सहभागि नहुने भन्दै बिरोध स्वरुप मेयरको पुत्ला दोहन गरेका टिमका कप्तान गोकुल बडुले बताउँनुभयो ।

यहि असोज ५ गते देखी सचांलित प्रथम मेयर रनिङ कपमा सेमिफाइनल गेममा बिबाद भएपछि खेलाडि र शुभचिन्तक स्थानियहरुले आयोजकको बिरोधस्वरुप सडकमा टायर बाल्ने, आयोजकको बिरुद्धमा नारा जुलुस गर्ने जस्ता गतिबिधि गर्दा जिल्ला सदरमुकामबाट बाहिरिने र भित्रिने यातायातका साधनहरुको आवागमन प्रभाबित बनेका थिए । दिउँसोपछि प्रहरीले बल प्रयोग गरेर यातायात सुचारु गराएपनि खेलाडिहरुले आन्दोलन जारी राखेका छन ।


नियोजीत रुपमा आफुहरुलाई हराउने उद्देश्य राखी खेलकुदको उच्च आदर्श नियम  कानुनलाई तिरस्कार गरी प्रतिसोधपुर्ण व्यवहारका साथ गल्फै युवा क्लवलाई मेयर कप संचालकले गरेको व्यवहार प्रति गहिरो खेद प्रकट गर्छौ भनि युवा क्लवले जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

खुलकुदको उच्चआदर्श नियमलाई तिलाञ्जली दिदै राजनीतीक प्रतिसोध राखी गरको निर्णय प्रती सम्पुर्ण खेलाडी तथा खेलपे्रमी न्यायका पक्षधर जनतालाई घोर निन्दा तथा भत्सना गर्न  युवा क्लबले बिज्ञप्तीमार्फत आह्वान समेत गरेको छ । आयोजकले भने खेलमा कुनै राजनीतिकरण र बिभेद नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ