पुस ३, नवलपरासी । रामग्राम नगरपालिका–२ परासीमा सोमबारबाट परासी सुपर सिक्स क्रिकेट लिग सुरु भएको छ ।

परासीका यूवाहरुले आयोजना गरेको सो प्रतियोगिताको बिट्टु बनियाको अध्यक्षता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवेनद्रराज कँडेलको आतिथ्यतामा उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पूर्व राष्ट्रिय हकी खेलाडी समेत रह्नु भएका सांसद कँडेलले खेलहरुमा युवाहरुको रुची र्हनुपर्ने बताउदै खेलाडीहरुले अनुशासनलाई उच्च प्राथमिकता दिएर खेल्नु पर्नेमा जोड दिनुभयो ।

विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो । प्रतियोगिता सुपर सिक्स अन्तर्गत हुने भएकाले सबै खेलहरु छौ ओभरको हुने र करीब नवलपरासीका २० वटा क्रिकेट समुहको सहभागिता रह्ने बताईएको छ ।

प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमसः १५ हजार र ६ हजारसहित अन्य पुरस्कार राखिएको छ ।