2026-07-25 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

माघ ५, काठमाडौँ  | राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गर्नुभयो । 

मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुभारम्भ गर्नुभएको हो । 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिनेछन् । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ । 

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री राजनकुमार केसीले खेलकूदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सीमित स्रोत साधनका बाबजुद पनि सरकारले खेलकूद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उहाँले नेपालमा आयोजना हुने आगामी दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचुर सम्भावना भए पनि खेलकूद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँदै प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरी कला संस्कृतिको संवद्र्धन र खेलकूद क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । 

खेलाडी राष्ट्रलाई उचाइमा पु¥याउने इमान्दार सिपाही हुन् भन्दै उहाँले खेलाडीबाट राजनीतिक नेतृत्वले अनुशासन सिक्नुपर्ने बताउनुभयो । 

नेकपा (एमाले)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले राष्ट्र र नागरिकलाई एकीकृत गराउन खेलकूद क्षेत्रको अहम् भूमिका हुनुपर्नेमा जोड दिनुभयो । 

मदन भण्डारी स्पोर्ट क्लबका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवका बारेमा जानकारी गराउँदै खेलकूदको माध्यमबाट अनुशासित र समुन्नत समाज निर्माणमा योगदान पुगोस् भन्ने हेतुले महोत्सव आयोजना गरिएको बताउनुभयो । 

महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ । 

यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिने मदन भण्डारी स्पोर्ट क्लब क्रिकेट विभागका महासचिव सुमनराज कार्कीले जानकारी दिनुभयो । महोत्सवको दोस्रो दिन क्रिकेटको ‘सम्भावना र चुनौती’ विषयमा सेमिनार आयोजना तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । 

सो अवसरमा यसै वर्षबाट शुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ । दुवै सम्मान राष्ट्रपति भण्डारीले प्रदान गर्नुभएको छ । (तस्बिर उपलब्ध छ)रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक