2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रामेछाप सिभिल च्याम्पियनसिपको उद्घाटन, खेल कर्भड हल निर्माण गर्ने विष्टको भनाई

माघ १७, रामेछाप । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले रामेछापको सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कभर्डहल बनाउन राखेपले सहयोग गर्ने बताएका छन्  । 

वुधवार रामेछाप सिभिल च्याम्पियनसिप तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यस्तो धारणा राखेका हुन् ।

 उनले जिल्ला खेलकुद विकास समिति रामेछापलाई खेल हेर्न आउने दर्शकहरु बस्ने सुविधासम्पन्न कभर्डहल बनाउनको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिदै राखेपले छिट्टै प्राविधिक टोली समेत रामेछाप पठाएर कभर्डहलको लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गर्न लगाउने समेत प्रतिवद्धता जनाए  । 

सदस्य सचिव विष्टले रामेछापको सदरमुकाम मन्थली स्थीत खेल मैदानको पनि स्थलगत अबलोकन पनि गरेका छन् । प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र अन्य पाँच टिम गरी १० टिमको सहभागिता रहेको छ ।

  

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले सहभातिगा जनाएका छन् । 

त्यसैगरी  रामेछापका हिमगंगा, नमुनादिप युवा क्लब, लोकतान्त्रिक खेलकुद संघ, मन्थली युनाइटेड समाज र शान्तिदीप युवा क्लबको सहभागिता जनाएका छन् । 

बुधबार भएको उद्घाटन खेलमा पुर्वाञ्चल टिमलाई मध्यमाञ्चल टिमले ३—२ को सेटले हराएको छ ।  प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सानत्वना हुने टिमले ३५ हजार नगद पाउने छ । 

त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, ब्लकर, सेटर, स्पाइकर र उत्कृष्ट सर्वरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई