2026-07-25 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ पटकसम्म विश्वकप खेलेको जिम्वावेले १० बर्षपछी बदला लिन सक्ला ? के-के छन् नेपालले जित्ने आधार ?

फागुन २०, काठमाडौं | एकदिवसीय विश्वकप क्रिकेट छनौट अन्तर्गत पहिलो खेलमा आज दिउसो सवा १ बजेदेखि नेपाल र घरेलु टोली जिम्बावेबीच क्रिकेट प्रतिष्पर्धा हुँदैछ । जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने उक्त खेलमा नौ पटकसम्म विश्वकप खेलेको जिम्वावेलाई पराजित गर्नु नेपालको लागि ठूलो चुनौती छ तर असम्भव भने छैन ।

नेपालको भविष्यवाणी गर्न नसकिने खालको खेलको कारण जिम्वावे पनि नेपालसँग स-शंकित छ । जस्तो उत्कृष्ट खेल जिम्वावेले खेले पनि नेपालले उत्तिकै सामना गर्न सक्ने क्षमता राख्ने हुँदा पनि आजको खेल दुवैदेशका क्रिकेट समर्थकहरुलाई चासोको बिषय बनेको छ । जिम्बाबे छनोट खेलको १० टीममध्ये सबैभन्दा बलियोमध्येको एक टिम भएको कारण पनि आजको खेल चासोको साथ हेरिएको छ । यदी आजको खेल नेपालको पक्षमा आए त्यो नै छनोट खेलको ठूलो उपलब्धि हुन्छ । 

नेपालको लागि विश्वकप छनोटको आजको खेल तेश्रो पटकको विश्वकप छनोट खेल हो । तर नेपालले यस पटक एकदिवसीय खेलमा पहिलोपटक टेष्ट मान्यता प्राप्त देशसँग पहिलो खेल खेल्दैछ । 

नेपाल र जिम्वावे विचको टक्कर यस अघि १९ वर्ष मुनिको समुहमा खेलेको थियो । सन् २००८ मा भएको उक्त खेलमा नेपालले जिम्बावेलाई दुई विकेटले पराजित गरेको थियो । जुन खेल महत्वपूर्ण यस कारण मानिन्छ कि त्यतिबेला अन्डर-१९ को खेल खेलेका पारस खड्कानै आज पनि कप्तानका रुपमा जिम्वावेसँग प्रतिश्पर्दामा हुनेछन् । यसको मतलव त्यतिबेला जिम्वावेको लागि खेलेका केहि खेलाडी पनि आजको खेलमा रहनेछन् । आजको खेलले १० बर्षपछीको नेपाल र जिम्वावेबीचको क्रिकेटलाई तुलनात्मक रुपमा बलियो र उमेरमा पनि केहि पाको बनाएको हुँदा कुन देशको टिम बढी बलियो बनेछ भन्ने कुरा हेर्न पाइनेछ । २००८ मा नेपालले जित्दा आज त्यसको बदला लिने उध्यश्यले जिम्वावेले खेल्नेछ भने नेपालले त्यतिखेरको जितको बलमा जितिन्छ भन्ने मनोवलमा खेल्नेछ । 

नेपालको अर्को जितको आधार युवा खेलाडी नै हो ।  विश्वकप खेल्नको लागि छनोटमा परेका १० राष्ट्रहरुमा नेपालका सबै युवा जोसका खेलाडी छन् । पारस खड्काको यस कारण पनि नेपालले जित्ने दावी छ । नेपालले आफ्ना युवा खेलाडीको भरोशामा आजको खेलमा उत्कृष्ट पर्दर्शन गर्ने विस्स्वास छ । तर नेपालको फिल्ड भन्दा पनि ब्याटिङ कमजोर हुँदा जितको लागि नेपालले ब्याटिङमा धमाका मच्याउनु आवश्यक छ । आजको खेलमा टस जित्न सके नेपाललाई जितको थप आशा हुनेछ । 

यस अघिको खेलमा केहि खेलाडी जम्न नसके पनि केहिले अपत्यारिलो पर्दर्शन गरेकाले आजको नेपाली खेलले नै छनोटको आशा गर्न सकिने वा नसकिने देखाउनेछ । विश्वकपका छनोट खेलमा छानिएर आउनुनै पहिलो ताकत भएकाले नेपालको खेल नराम्रो भन्न मिल्दैन तर टेष्ट राष्ट्रसँग भिड्दा नेपालले हारेपनि धेरै सिक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक