2026-08-29 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत बिजयी

फागुन २२, सुर्खेत | कर्णाली प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत विजयी भएका छन् । मंगलबार भएका खेलमा रुकुमले सल्यान र सुर्खेतले जुम्लालाई पराजित गरेको हो । मंगलबार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको हो । उसले प्रतियोगितामा सबैभन्दा बढी ६ अंक जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ७ विकेट गुमाएर एक सय ७७ रन बनायो। उसका लागि रविन्द्रजंग शाहीले ४७ र टेक सलामीले ३८ रनको योगदान गरे। बलिङतर्फ जुम्लाका मनोज भारतीले ४ विकेट लिए ।एक सय ७८ रनको लक्ष्य पछ्याएको जुम्लाले पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा एक सय ५५ रन मात्रै बनाउन सक्यो। जुम्लाका सुवर्ण शाहीले ३७ र जितेन्द्र शाहीले ३२ रन बनाए। ४७ रन बनाउनुका साथै दुई विकेट लिन सफल रविन्द्रजंग शाही खेलको म्यान अफ दि म्याच बने ।

त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा रुकुमले सल्यानलाई पराजित गरि लिगको दोस्रो स्थानमा उक्लिएको छ । सल्यानलाई ९ विकेटले पराजित गर्दै रुकुमले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले ११ दशमलव ३ ओभरमा ३३ रन मात्रमा अलआउट भयो। सल्यानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रुकुमका विवश गिरीले ४ तथा विजय विष्ट र दिनेश पुनले समान ३ विकेट लिएपछि सल्यान ३३ रनमै समेटिएको हो।

३४ रनको सामान्य लक्ष्य रुकुमले ७ ओभरमा १ विकेट गुमाएर भेट्यो। उक्त खेलमा सल्यानका दिवस गिरी म्यान अफ दि म्याच भए ।प्रतियोगिता अन्तर्गत बुधवार (आज) तीन वटा खेल सञ्चालन हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए। उनका अनुसार पहिलो खेलमा दैलेख र सल्यान, दोस्रो खेलमा जुम्ला र रुकुम तथा तेस्रो खेलमा सुर्खेत र जाजरकोटले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने