2026-07-25 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

चैत २७ काठमाडौँ | नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । 

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिनुभयो । 

विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिनेछ । 

हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक रु २० लाख बराबरको सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

उक्त सम्झौता नवीकरण मात्र हो । कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ । कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकूद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक