२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएलमा सन्दिप लामिछानेको टिमलाई पहिलो सफलता, रोयले रुसेलको रेकर्ड तोडे

२०७५, १ बैशाख शनिबार १४:५२

बैशाख १, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । दिल्लीको खेल नेपाली क्रिकेट समर्थकहरुको लागि चासोको  बिषय छ, किनकी उक्त टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि अनुबन्धित छन् ।


दिल्लीसँग अनुबन्धित भएका नेपाली सन्दिपले अहिलेसम्म्को तीन खेलमै टिम ११ मा परेका छैनन् । तर उनको लागि दिल्लीसँगको अनुबन्ध अनुभवको लागि भए पनि निकै ठूलो मानिएको छ । यस अघि २ खेलमा हार ब्याहोरेको दिल्लीले समान २ हार ब्याहोरेको मुम्बईलाई जितेको हो ।

मुम्बईले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले अन्तिम ओभरको अन्तिम बलमा मात्र उक्त लक्ष्य प्राप्त गर्न सफल बन्यो । मुम्बईले मुस्तिफिजुर रहमानलाई बल दिदा अन्तिम ओभरको पहिलो बलमा जेसन रोयले चैका हाने भने दोस्रो बलमा छक्का हान्दै स्कोर बराबरी गरे तर त्यसपछि लगातार तीन डट बल हान्दा दिल्लीको पसिना छुटेको थियो । जसलाई अन्तिम बलमा रोयले रन निकाल्ने गरि प्रहार गरे र दिल्लीलाई जिताए । ५३ बलको सामना गरेका रोयले अविजित ९१ रन बनाए । रिशब पन्तले ४७ रनको योगदान दिए । ९१ रन हानेका रोय आइपिएलमा हाइ स्कोर रन जोड्नेमा सबैभन्दा शिर्ष स्थानमा रहेका छन् । यस अघि कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले सर्वाधिक ८८ रनको रेकर्ड थियो । आइपीएलको आज सहितको ९ खेलमा कसैले पनि सर्वाधिक ९१ रन कटाउन सकेका छैनन् । 

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले उत्कृष्ट सुरुवात गर्दै सूर्यकुमार यादव र एभिन लुइसले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । यादवले ५३ र लुइसले ४८ रन बनाएर आउट भए । त्यस्तै इशान किसनले आक्रामक पारी खेल्दै मुम्बईलाई सम्मानजनक स्कोरमा पुर्याए, उनले २३ बलमा ४४ रन बनाएका थिए । यसरी मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको थियो । खेलमा तीन पटक लगातार हार व्यहोर्दै मुम्बई इन्डीएन्स सबैभन्दा तल्लो स्थानमा झरेको छ  । आजको खेल अघि अन्तिममा रहेको दिल्ली भने २ स्थान उक्लिँदै छैटौं स्थानमा पुगेको छ । 

जित पछी दिल्लीका ब्याट्सम्यानहरुको खुसोयाली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी