2026-06-26 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल क्रिकेट: सनराइजर्स हैदरावादको लगातार तेश्रो जित, कोलकाता ५ विकेटले पराजित

बैशाख २, काठमाडौँ | आइपीएल क्रिकेट अन्तर्गत सनिबार रातिको खेलमा कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादद्वारा ५ विकेटले पराजित भएको छ । खेलमा सुरुमा ब्याटिङ सम्हालेको कोलकाता नाइट राइडर्सले हैदरावादलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई हैदरावादले १९ ओभरमै पुरा गर्दै आइपीएल २०१८ अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्दै सबैभन्दा शिर्ष स्थानमा कायम रहेको छ । 


कोलकाता नाइट राइडर्सले १३८ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा उसका लागि सर्वाधिक रन क्रिस लिनले ३४ बलमा ४९ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २७ बल खर्चिएर २९ रन बनाए । बाँकी ब्याट्सम्यानले १८ रन भन्दा बढी ल्याउन सकेनन् । खेलमा नितिस रानाले १८ रन, सुनिल नारिने र आन्द्रे रुसलले समान ९/९ रन, शिवम माविले ७ रन जोडेका थिए । कोलकाताको विकेट लिने क्रममा हैदरावादका भुवनेस्वर कुमारले ३, शकिव अल हसन र बिल्ली स्टनलेकले समान २/२ विकेट र सिद्धार्थ काउलले १ विकेट लिए । ४/४ ओभरको खेलमा बलिङ गरेका हैदरावादका बलरहरु मध्ये भुवेनेस्वर कुमारले २४ बल प्रहार गर्दै ३ विकेट लिंदा रशिद खानको खेल राम्रो रहेन । रशिदले २४ बलमा बिना कुनै विकेट कालकातालाई ३१ रन दिएका थिए । यसरी खेलमा ८ विकेट गुमाई कोलकाता नाइट राइडर्सले २० ओभरको खेलमा १३७ रन जोड्यो । 

खेलमा कोलकाताले दिएको १३८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको हैदरावादका लागि व्रिद्दीमान साहले २४ रन, शिखर धावनले ७ रन, मनिष पाण्डेले ४ रन, कान विलियमसनले सर्वाधिक ५० रन, सकिव अल हसन २७ रन र अन्तिमसम्म ब्याटिङ सम्हालेका दिपक हुडा र युसुव पठानले क्रमश ५ र १७ रन ल्याएर १९ ओभरमै लक्ष्य पुरा गरे । खेलमा हैदरावादको विकेट लिने क्रममा कोलकाताका सुनिल नारिनेले ९ डट बल खेल्दै २ विकेट लिए भने कुलदिप यादव, मिचेल जोनसन र पिउस चावलाले १/१ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने