वैशाख ९, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत आज भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ |
खेलमा टस जितेर फिल्डीङ रोजेको रोयल च्यालेन्जर्स ब्यांग्लोरले दिल्लीले दिएको १७५ रनको लक्ष्य १८ ओभरमै पुरा गर्दै जित दर्ता गरेको हो | खेलमा ब्यांग्लोरको लागि नट आउट रही एबीडेभिलियर्स ले सर्वाधिक ९० रन जोडे | उनले ३९ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए | त्यस्तै ब्यांग्लोरको लागि कप्तान बिराट कोहलीले २६ बलमा ३० रन जोडे भने किन्टन डेककले १८ र नट आउट रही मन्दिप सिङले १७ रन जोडे |
खेलमा एबीडेभिलियर्सले निकै आकर्षक पारी खेलेपछी दिल्लीले दिएको लक्ष्यलाई ब्यांग्लोरले सस्तैमा समेटेको हो | उसको विकेट लिने क्रममा दिल्लीका ट्रेन्ट बोल्टले १ विकेट, ग्लेन म्याक्सवेलले १ विकेट, हर्सल पटेलले १ विकेट लिए | रिसभ पन्त भने रन आउट भएका थिए |
यस अघि दिल्लीले १७४ रन जोड्ने क्रममा रिसभ पन्तले सर्वाधिक ८५ रन जोडेका थिए, उनले ४८ बलमा ६ चौका र ७ छक्का प्रहार गरेका थिए | त्यस्तै दिल्लीका अर्का खेलाडी श्रेयस एएर ले ५२ रनको पारी खेले | त्यस्तै नट आउट राहुल तेवतियाले १३ रन जोडे भने बाँकी खेलाडीले ५ रन भन्दा बढी जोड्न सकेनन् |
दिल्लीको विकेट लिने क्रममा ब्यांग्लोरका युज्वेन्ड्र छाहालले २ विकेट लिए भने उमेश यादव, वासिङ्गटन सुन्दर र कोरे अन्डरसनले १/१ विकेट लिएका थिए |
तश्विरमा: दिल्ली डेयरडेभिल्स कप्तान गौतम गम्भीर (निलो ड्रेसमा) र रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान बिराट कोहली !