2026-07-24 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल २०१८ – पन्जावलाई अलआउट गर्दै हैदरावादको छैटौं जित

वैशाख १४, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत बिहिबार राति भएको २५ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई १३ रनले पराजित गरेको छ |

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ६ विकेट गुमाई पुरै ओभरमा १३१ रन बनाई किंग्स ईलाभेन पंजावलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा पन्जावले ११९ रन जोड्दै गर्दा हैदरावादले १९.२ ओभरमै अल आउट गरिदियो | 

खेलमा पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ५४ रन जोडेका थिए | पाण्डेले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए | त्यस्तै सकिव अल हसनले २८ रन जोडे भने युसुफ पठानले नट आउट २१ रन जोडेका थिए | खेलमा सनराइजर्स हैदरावादको ६ विकेट लिने क्रममा पन्जावका अंकित राजपुतले ५ विकेट लिए भने मुजिव उर रहमानले १ विकेट लिएका थिए | 

खेलमा किंग्स इलाभेन पंजावका लागि लोकेस राहुलले सर्वाधिक ३२ रन जोडे, खेलमा क्रिस गेलले २३ रन मात्र बनाउन सके भने करुण नायरले १३ रन जोडे | त्यस्तै मयंक अग्रवालले १२ रन जोडे भने बाँकी ब्याट्सम्यानले १० रन  भन्दा बढी रन नजोड्दै आउट हुन पुगे | खेलमा १९.२ ओभरको खेलमा पंजाव अल आउट हुन पुग्यो | पंजावलाई अल आउट बनाउने क्रममा हैदरावादका होनाहार बलर रशिद खानले ११ डट बल सहित ३ विकेट लिएका थिए | त्यस्तै सन्दिप शर्मा, बसिल थम्पी र शकिव अल हसनले २/२ विकेट लिन सफल भए | 

खेलमा पन्जावको खेललाई समर्थन गर्दै अभिनेत्री प्रिती जिन्टा | 

 खेलमा सनराइजर्स हैदरावादको समर्थनमा झण्डा उचाल्दै अभिनेता वेन्कटेस दग्गुवती | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक