2026-07-25 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बेलुका दिल्लीबाट खेल्ने सम्भावित ११ खेलाडीमध्ये नवौं नम्बरमा सन्दिपको नाम !

साझा सबाल | वैशाख १४, काठमाडौँ | इन्डियन प्रिमियर लिग IPL मा आज बेलुका दिल्ली डेयरडेभल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदैछ | दिल्लीले हालसम्म ६ खेलमा ५ खेल हारिसकेको अवस्थामा दिल्लीका कप्तान गौतम गम्भीरले आफ्नो कप्तानी त्यागेका छन् | 

गम्भीरले कप्तानी त्यागेपछि त्यसको अधिकार २३ बर्षीय श्रेयस यैएरले पाएका छन् | आजदेखि आफ्नो कप्तानी सम्हाल्न लागेका श्रेयसको लागि आजको खेल जिताउन ठूलो चुनौती छ किनकी यस अघिको खेलमा ७१ रनले सबैभन्दा नराम्रो हार चखाएको कोलकाता नाइटराइडर्सलाई पराजित गर्नुपर्ने छ | त्यसो त यो दिल्लीको लागि बदला लिने अवसर पनि हो | 

कप्तानी फेरिएसँगै अबका कप्तान श्रेयसले केहि न केहि खेलाडी परिवर्तन गर्न सक्ने बताइएको छ | कम उमेरका उनले ६ म्याचमा गरेको उत्कृष्ट पर्दर्शनलाई सम्मान गर्दै व्यवस्थापन टिमले श्रेयसलाई कप्तान बनाएपछि आफ्नो पहिलो खेलको लागि श्रेयसले निकै सोचेर काम गर्नेछन् | यस क्रममा अहिलेसम्मको दिल्लीको कमजोरीलाई बुझेर आफ्नो सोच अनुसारको केहि खेलाडीलाई परिवर्तन गर्ने बताइएको छ | 

ओपनर ब्याट्सम्यानदेखि उत्कृष्ट बलरसम्मको रिभ्यु गर्दै केहि परिवर्तन गर्न सक्ने बताइएको अवस्थामा क्रिकेट सम्बन्धि केहि अनलाइनमा आज दिल्लीको लागि प्ले-११ मा को-को पर्लान भन्ने कुराको आंकलन गरिएको छ | 

आंकलन: टिम ११ मा को-को ? 

दिल्लीको कप्तानी छाडेपनि आजको खेलमा ओपनर (१) गौतम गम्भीरको साथमा (२) पृथ्वी साव रहनेछन् | यस आंकलनलाई मिल्ने गरि दिल्लीले आफ्नो आधिकारिक ट्वीटरमा पनि ओपनरमा पृथ्वी सावलाई अघि सार्ने संकेत गरेको छ | 

त्यस्तै ओपनरहरु पछी कप्तान (३) श्रेयस ऐयरले ब्याटिङ सम्हाल्नेछन् | त्यस्तै चौथा ब्याट्सम्यानको रुपमा (४) रिशव पन्त आउन सक्छन | पन्तले दिल्लीको लागि हालसम्म अन्य खेलाडीले भन्दा बढी रन जोडेका छन् | आईपिएलमा सर्वाधिक रन ल्याउनेमा पन्तको नाम नवौं स्थानमा रहेको छ | त्यस्तै अर्का ब्याट्सम्यानका रुपमा (५) ग्लेन म्याक्सवेल आउने सम्भावना छ | आइपिएल-२०१८ मा गौतम गम्भीर भन्दा बढी स्कोर सहित म्याक्सवेलको दवदवा छ |

भारतको ख्यातिप्राप्त क्रिकेट सम्बन्धी लेख्दै आएको क्रिकेट-कन्ट्री नामक वेबसाइटका अनुसार सम्भावित टिम ११ मा (६) राहुल तेवतियाको नाम पनि सम्भावित टिम ११ मा छ | त्यस्तै फिल्डीङ तर्फ आईपिएलमा बेस्ट इकोनोमीको रेकर्ड बनाएर सबैभन्दा शिर्ष स्थानमा रहेका (७) लिम प्लुन्केट रहने पक्का छ भने उनि पछी (८) मोहम्मद शमी, (९) नेपालका सन्दीप लामिछाने र (१०) ट्रेन्ट बोल्ट रहने आंकलन गरिएको छ |  त्यस्तै (११) मा अमित मिश्राको नाम अन्य वेबसाइटमा चर्चा गरिएको छ | 

दिल्लीले यस अघिका खेललाई अधार मान्दै केहि परिवर्तन गर्ने पक्का छ | त्यसमा पनि कप्तान नै परिवर्तन भएको अवस्थामा नयाँ कप्तानको सोच अनुसार खेलाडीको चयन हुनेछ | अधिकांश क्रिकेट सम्बन्धि आंकलन गर्ने वेबसाइटले दिल्लीका पुराना ५/६ खेलाडी बाहेक बाँकी सम्भावितको नाम फरक-फरक आंकलन गरेका छन् | 

सन्दिप लामिछानेको चर्चा 

दिल्ली डेयरडेभिल्सले नेपालका राष्ट्रिय युवा खेलाडी तथा कम उमेरका खेलाडी सन्दिप लामिछानेलाई आफ्नो टिममा अनुबन्ध गरेसँगै धेरै नेपालीहरुले यो पटक दिल्लीको सपोर्ट गरेको पाईएको छ तर निरन्तर हारेको र सन्दिपलाई खेलमा नउतारेको पनि आक्रोस नेपालीहरुमा छ | दिल्लीको अधिकांस स्टाटस तथा दिल्लीले हारेको समाचारको प्रतिक्रिया सेक्सनमा सन्दिपको नाम जोड्दै प्रतिक्रिया दिने गरिएको छ | त्यसो त अझै ८ खेल खेल्न बाँकी छँदा एक न एक खेलमा सन्दिपले चान्स पाउनेमा आशावादी हुने ठाउँ छ |  

यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक