2026-06-26 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहि बेरमा दिल्लीले कोलकत्ताको सामना गर्दै, टिम ११ सार्वजनिक

वैशाख १४, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा दिल्ली डेयरडेभिल्सले नेपालका खेलाडी सन्दिप लामिछाने सातौँ खेलमा पनि अवसर दिएको छैन । दिल्लीले ३ घण्टा अघि ट्विट गर्दै सन्दिपलाई खेलाउने संकेत गरेको थियो र सन्दिप सहित ८ खेलाडीको तश्विर हालेको थियो तर अन्तिम समयमा आज पनि टिम ११ मा सन्दिप आतं सकेनन् |  


इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ । फिरोज शाह कोट्लामा हुने खेलमा घरेलु टोली दिल्ली जितको खोजीमा हुनेछ । यता कोलकत्ता पनि जित हात पार्ने दाउमा छ ।

दिल्लीको लागि यो खेल निकै महत्वपूर्ण हो । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हाल्दै छन् । दिल्लीले प्रतियोगितामा एकपछि अर्को खराब प्रदर्शन गर्दै आएको छ । ५ खेलमा हार र १ खेलमा जित हात पारेको दिल्ली आईपीएलको पुछारमा छ ।

आजको खेलमा सन्दिप समेत पर्ने सम्भावना रहेको भन्दै नेपाली समर्थकहरु निकै उत्साहित भएका थिए तर अब खेलमा टिम ११ अन्तर्गत तलको तश्विर अनुसार खेलाडीले खेल्दैछन् । 

दिल्ली डेयरडेभिल्सले झन्डै ३ घण्टा अघि सन्दिप सहितको फोटो हाल्दै आजको खेलमा सन्दिपलाई हाल्ने संकेत गरेको थियो तर अन्तिममा खेल सुरु हुनु २० मिनेट अघि अर्को ट्वीटमा टिम ११ मा सन्दिप परेनन् | दिल्लीको ट्विटमा दिउसो टिम ११ मा को-को ? भन्ने राख्दा धेरैले प्रतिक्रियामा सन्दिपको नाम उल्लेख गर्दै सन्दिपलाई राख्नु पर्ने टिप्पणी गरेका थिए | केहि क्रिकेट सम्बन्धि वेबसाइटमा समेत सन्दिप पर्ने आंकलन सहितको समाचार लेखिएको थियो | 

नेपालका राष्ट्रिय युवा खेलाडी तथा कम उमेरका खेलाडी सन्दिप लामिछानेलाई आफ्नो टिममा अनुबन्ध गरेसँगै धेरै नेपालीहरुले यो पटक दिल्लीको सपोर्ट गरेको पाईएको छ तर निरन्तर हारेको र सन्दिपलाई खेलमा नउतारेको पनि आक्रोस नेपालीहरुमा छ | आजको खेलमा सन्दिपलाई नजोडेपनि यो पछीका थप ७ खेल खेल्न बाँकी छँदा एक न एक खेलमा सन्दिपले चान्स पाउनेमा आशावादी हुने ठाउँ छ |  

यस अघि गौतम गम्भीरले सन्दिपलाई भरोशा नगरेको भन्दै नेपाली तथा भारतकै कतिपयले प्रतिक्रिया दिएको अवस्थामा अब २३ बर्षीय कप्तानले सन्दिपलाई खेलाउने आशा गरिएको छ । दिल्लीको खेलमा फिल्डीङ कमजोर भएको भन्दै आलोचना पनि हुँदै आएको छ । यस अघि कोलकातासँग ७१ रनले पराजित भएपछी दिल्लीलाई फिल्डीङमा कमजोर भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो