२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराट कोहलीको टिम ब्यांग्लोरको पाँचौं हार, कोलकाताले ६ विकेटले हरायो

२०७५, १६ बैशाख आईतवार १८:५२

वैशाख १७, काठमाडौँ | आईपीएल-११ को २९ औं खेलमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई कोलकाता नाइट राइडर्सले ६ विकेटले पराजित गरेको छ | खेलमा ब्यांग्लोरले दिएको १७६ रनको लक्ष्य कोलकाता नाइटराइडर्सले १९.१ ओभरको खेलमा ४ विकेट गुमाई उक्त लक्ष्य पुरा गर्दै ब्यांग्लोरलाई पराजित गरेको हो | 


खेलमा टस हारेर पहिले ब्याटिङ गरेको  रोयल च्यालेन्जर्स ब्यांग्लोरका लागि ओपनर ब्रैंडन मैकुलम र क्विंटन डीककले ८ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । डीककलाई २९ रन जोड्दा कोलकाताका कुलदीप यादवले आउट गरे । उनि पछी मैकुलम ३८ र मनन वोहरा १ रन बनाएर आउट भए । उनीहरुलाई आन्द्रे रसेलले आउट गरेका थिए ।

त्यस्तै खेलमा कप्तान विराट कोहलीले नट आउट रही ६८ रन जम्मा पारे । ४४ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै मन्दिप सिंह ११ बलमा १९ रन बनाएर आउट भए भने नट आउट रही कोलिन डी ग्रेण्डहोमले ११ रन जोड्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरको स्कोर ४ विकेटको क्षेतिमा १७५ रन बनाएको थियो । 

तश्विरमा: ब्यांग्लोरका कप्तान बिराट कोहलीकि पत्नी अभिनेत्री अनुष्का शर्मा ।

रोयल च्यालेन्जर्स ब्यांग्लोरले दिएको १७६ रन पछ्याउने क्रममा कोलकाता नाइटराइडर्सले खेल्न सुरु गर्यो तर खेलमा ६.३ ओभर पछि बर्षाले केहि बेर खेल प्रभावित पार्यो । त्यति बेलासम्म कुनै विकेट गिरेको थिएन तर बर्षा पछीको खेल लगत्तै ७.१ ओभरमा कोलकाताको पहिलो विकेट गिर्यो । खेलमा कोलकाताका लागि क्रिस लिनले नट आउट रही सर्वाधिक ६२ रन, सुनिल नारिनेले १९ बलमा २७ रन, रोबिन उथप्पाले २१ बलमा ३६ रन, नितिश राना १० बलमा १५ रन बनाई घाईते भएपछि रिटाएर्ड भए भने त्यसपछि आएका आन्द्रे रुसेल पहिलो बलमै बिना रन आउट भए ।


त्यस्तै नट आउट दिनेश कार्तिक २३ रनमा आउट भए । त्यसपछि आएका शुभ मानगिल ले नट आउट २ बलमा ५ रन बनाए । यसरी कहल्मा ५ बल खेल्न बाँकी छँदा कोलकाताले लक्ष्य पुरा गर्दै ४ विकेटको क्षेतीमा १७६ रनको पुरा गरेको थियो |  

कोलकाताको विकेट पतन गराउने क्रममा ब्यांग्लोरका मोहम्मद सिरजले विकेट लिए भने मुरुगान आश्विनले २ विकेट लिएका थिए । 


कोलकातासँग खेल्नको लागि आज रोयल च्यालेन्जर्स ब्यांग्लोरले ४ जना खेलाडी बदलेको थियो । उसको ब्याट्सम्यान एबी डिविलियर्स बिरामी भएका कारण खेलमा आउन सकेनन् । ब्यांग्लोरका कप्तान विराट कोहलीले चार खेलाडी परिवर्तन गर्दै ब्रैन्डन मैकुलम, टिम साउदी, मनन वोहरा र मुरुगन अश्विनलाई टीममा सामेल गरेका थिए । उसका डिविलियर्ससँगै पवन नेगी, कोरी एन्डरसन र वाशिंगटन सुंदर बाहिरिएका थिए । तर कोलकाताको आइतबार रातिको खेलमा कुनै परिवर्तन गरेको थिएन ।

यस अघि ६ खेल खेलेको ब्यांग्लोरको आज सहित पाँचौं हार हो | आजको खेलमा ब्यांग्लोरलाई पराजित गर्दै कोलकाता सिजनको चौथो स्थानमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि