2026-07-25 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी छैटौं पटक हार्यो दिल्ली: १३ रनले जित्दै चेन्नई IPL को शिर्ष स्थानमा

वैशाख १८, काठमाडौँ | जारी आईपिएल क्रिकेट सिजनको ३० औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच भएको क्रिकेट खेलमा चेन्नईले १३ रनले दिल्लीलाई पराजित गरेको छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको थियो जसलाई दिल्लीले पुरा ओभर खेल्दै ५ विकेट गुमाई १९५ रन मात्र जोड्दा लक्ष्यमा पुग्न नसक्दा पराजित भयो | 

चेन्नईले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ४ विकेट गुमाई २११ रन जोडेको थियो | चेन्नईको लागि ओपनर सेन वाटसनले सर्वाधिक ७८ रन बनाए | वाटसनले ४० बलमै ७ छक्का र ४ चौका प्रहार गर्दै ७८ रन बनाएका हुन् | त्यस्तै ओपनर फाफडुप्लेसिसले ३३ बलमा ३३ रन जोडे | त्यसपछि आएका सुरेश रैना भने २ बलमा १ रन मात्र जोडेर आउट भए | त्यस पछी आएका अम्बाती रायाडूले २४ बलमा ४१ रन जोडेर रन आउट भए | खेलमा नट आउट रही चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले अर्धसतक पारी खेल्दै २२ बलमा ५१ रन जोडे | यसरी चेन्नईले २११ रन बनाई दिल्लीलाई २१२ रनको लक्ष्य प्रस्तुत गर्यो | चेन्नईको विकेट लिने क्रममा दिल्लीका लागि अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए | 

चेन्नईले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि ओपनर तथा क्याप्टेन सिमित रनमै आउट भएपछी दिल्लीलाई खेल सहज भएन तर पनि युवा खेलाडीको सानदार खेलका कारण दिल्लीले १९५ रन जोड्न सक्यो | २१२ रनको ठूलो लक्ष्य दिएको चेन्नईलाई अन्तिम ओभर बाँकी छँदा दिल्लीले निकै अफ्ट्यारोमा पार्ने देखिएको थियो | दिल्लीका मुख्य ब्याट्सम्यानहरु ओपनर पृथ्वी सावले ९ रन र कोलिन मुनरोले २६ रन बनाएर आउट भए | त्यसपछि आएका कप्तान श्रेयस ऐयर१३ रनमै रन आउट हुन पुगे | तर रिशव पन्तले खेलमा सानदार पारी सम्हाल्दै ४५ बलमा ७९ रन जोड्न सफल भए | उनीसंगै ठूलो साझेदारीमा सहयोग गरेका विजय शंकरले नट आउट ३१ बलमा ५४ रन बनाए |

खेलमा रिशवको विकेट गिरेपछी आएका ग्लेन म्याक्स्वेलले ६ रन मात्र जोड्न सके | त्यसपछि आएका राहुल तेवतियाले ४ बल खर्च गर्दै ३ रन मात्र जोडे | अन्तिम ३ ओभर खेलमा विजय शंकरले निकै राम्रो खेल्दा दिल्लीले सम्मानजनक स्कोर १९५ रन बनाउन सक्यो तर यो योगफल जितका लागि कमजोर बन्दा १३ रनले चेन्नईले खेल जित्यो | 

दिल्लीको विकेट गिराउने क्रममा चेन्नईका केएम असिफले २ विकेट लिए भने लुंगी निग्दी र रविन्द्र जाडेजाले १/१ विकेट लिएका थिए | खेल जितेसँगै चेन्नई आईपिएलको सबैभन्दा शिर्ष स्थानमा उक्लिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक