२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: हैदरावादद्वारा ब्यांग्लोर ५ रनले पराजित (८ टिममा को कुन स्थानमा ?)

२०७५, २४ बैशाख सोमबार १८:३५

वैशाख २५, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको ३९ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ५ रनले पराजित गरेको छ | 

आफ्नो घरेलु मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले १६ ओभरमा १०८ रन बनाउँदा ५ विकेट मात्र गुमेको थियो तर अन्तिम खेलसम्ममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले हैदरावादलाई अल आउट गरिदियो | जसको कारण हैदरावादले १४६ रन मात्र बनाउन सक्यो र ब्यांग्लोरलाई जितको लागि १४७ रनको लक्ष्य प्रस्तुत गर्यो | 


खेलमा हैदरावादका लागि १४६ रन जोड्ने क्रममा एलेक्स हल्सले ५ रन, शिखर धावनले १३ रन, केन विलियमसनले सर्वाधिक ५६ रन, मनिष पाण्डेले ५ रन सकिब अल हसनले ३५ रन, युसुफ पठानले १२ रन, व्रिद्दिमान साहाले ८ रन, रशिद खानले १ रन, भुवनेश्वर कुमार नट आउट रही  १ रन, सिद्धार्थ कौलले १ रन लिए भने सन्दिप शर्मा बिना रन आउट भएका थिए | हैदरावादलाई अलआउट गर्ने क्रममा रोयल च्यालेन्जर्स ब्यांग्लोरका टिम साउथे र मोहम्मद सिराजले ३/३ विकेट लिए भने उमेश यादव र युज्भेन्द्र चाहलले १/१ विकेट लिएका थिए | 


खेलमा हैदरावादले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा ब्यांग्लोरका मनन भोराले ८ रन, पार्थिव पटेलले २० रन, कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन, एबी डेभिलियर्सले ५ रन, मोइन अलिले १० रन, मन्दिप सिङले नट आउट रही २१ रन बनाए भने अर्का ब्याट्सम्यान कोलिन डे ग्रयाण्डहोम अन्तिम ओभरको अन्तिम बलमा ६ रन मात्र आवश्यक हुँदा आउट हुन पुगेपछी ब्यांग्लोरले १४१ रन मात्र बनाउन सक्यो र हैदरावादसँग ५ रनले पराजित हुन पुग्यो | 

ब्यांग्लोरलाई १४१ रनमै रोक्ने क्रममा हैदरावादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले १/१ विकेट लिएका थिए | 

खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोर पराजित हुँदै आइपिएलको छैटौं स्थानमा छ भने खेलमा ८ औं जित दर्ता गर्दै सनराइजर्स हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ | 

आईपिएल टिम-८ मा को-को कुन स्थानमा ? 

1. Sunrisers Hyderabad *16 pts 

2. Chennai Super Kings *14 pts

3. Kings XI Punjab *12 pts

4. Kolkata Knight Riders *10 pts 

5. Mumbai Indians *8 pts

6. Royal Challengers Bangalore * 6 pts

7. Delhi Daredevils *6 pts

8. Rajasthan Royals * 6 pts 

आइपिएलमा ८ टिम मध्ये ६ टिमले १०/१० खेल खेलिसकेका छन् भने अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सले ९/९ खेल खेलेका छन् अब किंग्स ईलाभेन पंजाव र राजस्थान रोयल्सको खेल मंगलबार राति ८:१५ बजे हुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु