2026-07-25 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा (पछिल्लो अंकतालिका सहित)

वैशाख २७, काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत ४१ औं खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गर्दै खेल तालिकको चौथो अंकमा पुगेको छ । २११ रनको लक्ष्य दिएको मुम्बईले कोलकातामाथि १८ ओभर १ बलमै १०८ रनमा अलआउट बनाउन सफल बन्दा आइपिएल २०१८ मै सर्वाधिक उत्कृष्ट म्याच पर्दर्शन गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरको खेलमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । जसको लागि इशान किशनले उत्कृष्ट पारी खेले । किशनले २१ बलमा ५ चौका र ६ छक्काको प्रहार गर्दै ६२ रन बनाएका थिए । १७ बलमै उनले ५० रन बनाएका थिए । चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान किशन प्लेयर अफ दि म्याच बने ।

त्यस्तै मुम्बईको जीतमा रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रनको योगदान दिए । 

मुम्बईले दिएको २११ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको कोलकाता माथि सुरुआतमै मुम्बई भारी पर्यो । ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमै आउट भए । त्यसपछि रोबिन उथप्पाले जम्मा १४ रन बनाएर आउट भए । त्यस्तै आन्द्रे रसेलले २ रन तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए । यसरी कोलकाता १८. १ ओभार्कै खेलमा अल आउट हुन पुग्यो भने रन स्कोर जम्मा १०८ मात्र बन्यो ।

कोलकातालाइ सस्तैमा समेट्ने क्रममा मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिएका थिए । उसका लागि अन्य ४ विकेटमा १/१ विकेट मिचेल म्याक्लेनघन, जसप्रित बुम्राह, मायंक मर्कंडे र बेन कटिङले लिएका थिए |  

यस जीतसँगै मुम्बई ११ म्याचमा १० अंक पाएर रन रिटको आधारमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकाता समान १० अंकमै नेट रन रेटको आधारमा मुम्बईभन्दा १ स्थान तल झर्दै पाचौं स्थानमा झरेको छ ।

पछिल्लो अंक तालिका तल हेर्न सक्नुहुनेछ:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक