2026-07-24 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल: राजस्थानद्वारा चेन्नई ४ विकेटले पराजित (अब कुन टिम कतिऔं स्थानमा ?)

वैशाख २९, काठमाडौँ | राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई IPL सीजन ११ को ४३ औं खेलमा ४ विकेटले पराजित गरेको छ | जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओभरको खेलमा ४ विकेट गुमाई १७६ रन बनाएको थियो र राजस्थान रोयल्सलाई जीतको लागि १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाबी ब्याटिङमा राजस्थान रोयल्सले १ बल मात्र बाँकी छँदा चेन्नईले दिएको लक्ष्य हाँशिल गर्दै १७७ रन बनायो र आइपिएलमा दोश्रो स्थानमा रहेको चेन्नईमाथि शानदार जीत दर्ता गरायो |

चेन्नई सुपर किंग्सका लागि सुरेश रैनाले ३५ बलमा ५२ रनको पारी खेलेका थिए, जसमा शेन वाटसनले ३९ रन बनाएका थिए | त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले २३ बलमा ३३ रन बनाएका थिए | राजस्थान रोयल्सले चेन्नईको विकेट लिने क्रमनमा जोफ्रा आर्चरले २ विकेट लिएका थिए भने ईश सोढ़ीले एक विकेट हासिल गरे | खेलमा चेन्नईको सुरुवात खराव रह्यो | ८ ओभरको खेलसम्ममा चेन्नईले ६४ रन मात्र जोड्न सकेको थियो |

यसपछि ब्याटिङमा आएको राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले नटआउट ९५ रनको पारी खेले | उनले ६० बलमा ११ चौका र २ छक्का प्रहार गर्दै राजस्थानका लागि जित दिलाएर छाडे | खेलमा बटलर बाहेक कुनैपनि ब्याट्सम्यानले २२ रनभन्दा बढी जोड्न सकेनन् | स्टर्ट बिन्नीले २२ रन बनाए भने सन्जु सेमसन २२ बल खर्च गरेर २१ रन बनाई रनआउट भए | राजस्थानको ६ विकेट लिने क्रममा चेन्नईका दविद विल्ली, हरभजनसिङ, रविन्द्र जाडेजा, श्रदुल ठाकुर र द्वाने ब्रावोले १/१ विकेट लिएका थिए | 

राजस्थानको लागि जित्नैपर्ने आवाश्यक रहेको यस खेलमा जितेसँगै अब राजस्थान रोयल्स ११ खेलमा ५  खेल जित्दै छैटौं स्थानमा पुगेको छ | तर चेन्नई दोश्रो स्थानमा कायम छ | चेन्नईले आफ्ना ११ खेलमा ७ खेल जित्दै १४ अंक सहित आफुलाई क्वालीफायरमा पाउर्याउने बाँकी खेल कुर्दैछ | 

हेर्नुहोस् आइपिएलका ८ टिम मध्ये कुन टिम कुन स्थानमा छ ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक