2026-06-26 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएल: मुम्बईलाई ७ विकेटले पराजित गर्दै राजस्थान माथि उक्लियो (अंक तालिका सहित)

वैशाख ३१, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत आइतबार बेलुका भएको ४७ औं खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान रोयल्स आइपिएल टिम आठ मध्ये ५ औं स्थानमा पुगेको छ ।

जित अघि आइपिएल अंक तालिकामा छैटौं स्थानमा रहेको राजस्थान जितसँगै पाँचौं स्थानमा उक्लिएको हो । 


आजको खेलमा हार बेहोरेपछि मुम्बई इन्डीएन्स भने यस अघि राजस्थान रोयल्सको स्थान छैटौंमा झरेको छ । हालसम्म १२ खेल खेलेको राजस्थान आइतबारको खेलसँगै ६ खेल जितेर १२ प्वाइन्ट जोड्दै अन्तिम ४ को लागि बलियो स्थितिमा छ । 

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मुम्बईका लागि इभन लुइसले सर्वाधिक ६० रनको पारी खेले । उनले बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै सूर्यकुमार यादवले ७ चौकासहित ३८ रन जोडे भने हार्दिक पाण्ड्याले ३ चौका र २ छक्कासहित ३६ रन बनाएका थिए । 


मुम्बईको विकेट लिने क्रममा बलिङतर्फ बेन स्टोक्स र जोफ्रा आर्चरले २–२ विकेट लिए भने जयदेव उनादकट र धवल कुलकर्णीले १–१ विकेट लिएका थिए । यसरी खेलमा पुरा ओभर खेल्दा मुम्बईले राजस्थानलाई १६९ रनको विजय लक्ष्य दिएको थियो । 

मुम्बईले दिएको १६९ रनको लक्ष्य पुरा गर्ने क्रममा राजस्थानका डी-आर्ची सर्टले ४ रन मात्र जोड्न सके भने अर्का ओपनर जोस बाटलरले नट आउट सर्वाधिक ९४ रनको पारी खेले । बटलरले नटआउट ९४ रन जोड्ने क्रममा ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।  त्यस्तै खेलमा अजिंक्या रहानेले ३६ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछी आएका सन्जु सामसन १७.५ ओभरको खेलमा २६ रन बनाएर आउट भए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यसरी मुम्बैले दिएको १६९ रनको बिजयी लक्ष्य १८ ओभरमै पुरा गर्दै राजस्थानले आफ्नो खातामा छैटौं जित दर्ता गर्न सफल भयो ।  खेलमा राजस्थानको ३ विकेट लिने क्रममा हार्दिक पाण्डेले २ विकेट लिए भने जसप्रित बुम्राहले १ विकेट लिएका थिए । 

आइपिएल २०१८ मा हालसम्मको खेलबाट कुन टिम कुन स्थानमा छन् हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने