2026-07-25 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले हारेर पनि दिल्लीको दिल जिते, दिल्लीले सन्दिपको बारेमा के लेख्यो ?

जेठ २, काठमाडौँ | भिभो आईपीएल 2018 को सिजन ११ अन्तर्गत दिल्लीको कप्तानीको जिम्मेवारी युवा श्रेयस अय्यरको काँधमा आएसँगै नयाँ नयाँ प्रयोग गरे । जसको शिलशिलामा नेपाली क्रिकेटर सन्दिप लामिछाने पनि प्रयोगमै परे । खेलमा क्वालीफाई नहुने निश्चित जस्तै भएपछि पछिल्लो खेलमा दिल्लीले सन्दिप लामिछाने र अभिषेक शर्मालाई खेलमा उतार्यो तर दिल्लीलाई समेत चकित गराउने गरि यी दुई डेब्यु खेलाडीहरुले पर्दर्शन गरिदिए जसको चर्चा दिल्लीभर चुलिएको छ । दिल्लीको आधिकारिक वेबसाइटमा लेखिएको समाचारमा दिल्लीका युवा खेलाडीहरुको तारिफ सहित उनीहरुको बारेमा लेखिएको छ । दिल्लीले लेखेको छ यस टिममा केहि खेलाडी यस्ता छन् जसले आफ्नो प्रदर्शनमा सीनियरलाई समेत हैरान बनाइदिएका छन् । 

दिल्लीले लेखेको छ – सबैभन्दा पहिले कुरा गर्छौं, अभिषेक शर्माको बारेमा जो एक बायाँ हातको स्पिन ब्याट्सम्यान हुन् । यिनले कसरी ब्याटिङ गर्छन भन्ने कुरा पछिल्लो खेलबाटै थाहा हुन्छ । विराटको सेनाहरुको सामु अभिषेक शर्माको पहिलो आईपीएल डेब्यु खेल निकै लोभलाग्दो रह्यो । यस खेलमा अभिषेकले आरसीबीका बलरहरुसामु टिकेर खेले । उनले १९ बलमा नटआउट ३ चौका र ४ छक्का प्रहार गरेर ४६ रन जोडेका थिए । आशा गरिएको छ कि अभिषेकको यस किसिमको पर्दर्शन यस पछी पनि जारी रहनेछ ।

दिल्लीले नेपाली क्रिकेटर सन्दिप लामिछानेको बारेमा लेखेको छ – ब्यांग्लोरसंगकै म्याचमा अर्का किशोर १७ वर्षीय बलर सन्दिप लामिछाने पहिलो पटक आइपिएल खेले । यिनी थिए नेपाली शेन वार्न भनेर चिनिने सन्दीप लामिछाने । जहाँ दिल्लीका सबै बलरहरुलाई ब्यांग्लोरले धुलाई गरिरहेको थियो सोहि खेलमा सन्दिपले उल्टो ब्याट्सम्यानहरुलाईनै अफ्ट्यारोमा पारिदिए । उनले सबैभन्दा किफायती बलिङ गर्दै ४ ओभरना मात्र २५ रन दिएर एक विकेट पनि निकाले । १७ वर्षीय सन्दीप लामिछाने इंडियन प्रीमियर लीगमा खेल्ने पहिलो नेपाली क्रिकेटर पनि बने । लामिछाने ‘नेपाली वार्न’ को नामले प्रख्यात छन्, उनले र २०१६ को अंडर-19 वर्ल्डकपमा आएका थिए, जब आयरल्याण्डबिरुद्द लामिछानेले आफ्नो दोश्रो खेलमा ह्याट्रिक हासिल गरेका थिए । लामिछानेले त्यस खेलमा एक्लैले ५ विकेट हासिल गरेका थिए, त्यस्तै बंग्लादेशमा भएको अंडर-19 वर्ल्डकपमा ६ खेलमा उनले मात्र १४ विकेट लिएका थिए । यति मात्र नभई लामिछानेले ६ म्याचमा १७ विकेट झारेर २०१८ मा आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन-२ मा ‘म्यान अफ द टूर्नामेन्ट’ समेत बने । लामिछानेको उमेर हेरेर उनको प्रतिभाप्रति यस कुराको थप इशारा गर्छ कि यी लेग स्पिनरको भविष्य निकै सुनौलो छ ।

त्यस्तै दिल्लीले हारेपनि यी ५ खेलाडीले जिते दिल्लीको दिल शिर्षकमा आफ्ना ५ खेलाडीको नाम उल्लेख गर्दै उनीहरु बारे लेखेको छ । जसमा अभिषेक शर्मा, सन्दिप लामिछाने, पृथ्वी साव, आवेश खान र ऋषभ पन्त रहेका छन् । ब्याट्सम्यान ऋषभ पन्तको बारेमा लेखिएको छ – यस आईपीएलमा विराट कोहली, रोहित शर्मा, शिखर धवन, क्रिस गेल, केएल राहुल, महेंद्र सिंह धोनी, सुरेश रैना, एबी डीविलियर्स जस्ता ब्याट्सम्यानलाई समेत पछाडी छाड्दै सबैभन्दा अगाडी जानेवाला ब्याट्सम्यान ऋषभ पन्त आइपिएल २०१८ को हालसम्मको खेलमा ब्याट्सम्यानहरुमै सर्वाधिक स्कोरहरु बनाएर अगाडी आएकका छन् । दिल्ली क्वालीफायरमा नपर्ने निश्चित भएपछी उनले रेकर्ड नराख्ने देखिएपनि उनको हालसम्मको स्कोरले उनको भविष्य देखाइएको चर्चा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक