९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: मुम्बईद्वारा पन्जाब ३ रनले पराजित, अन्तिम ४ का लागि दिल्लीबाहेक पाँच टीमको टक्कर

२ जेष्ठ २०७५, बुधबार १९:१५

जेठ ३, काठमाडौँ | आइपिएल सिजन ११ अन्तर्गत पछिल्ला खेलहरु निकै रोमान्चित हुँदै गएका छन् | खेलमा बलियो अवस्थामा पुगेको किंग्स इलेभेन पन्जाब पछिल्लो खेलहरुमा लगातार पराजित छैटौं स्थानमा पुगेको छ | 

बुधबार रातिको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा १८३/५ रन बनाएर पंजावलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा उत्रिएको पंजावले उक्त लक्ष्य ३ रनले पुरा गर्न नसक्दा खेलमा पराजित हुन पुग्यो | अन्तिम ओभरमा युवराज सिंह १ रन मात्र बनाएर आउट भए | उनलाई मुम्बईका मिचेल म्याक्लेनघनले आउट गरे | केएल राहुल एक्लैले निकै राम्रो खेल खेल्दै ९४ रन बनाएका थिए | त्यसपछि पंजाव खेलमा फर्कन सकेन | केएल राहुललाई जसप्रीत बुमराहले बेन कंटिंगको हातमार्फत क्याच आउट गरेर मुम्बईको लागि जित सुनिस्चित जस्तै गराएका थिए | पंजावका लागि केएल राहुल र एरोन फिंचले निकै फराकिलो १११ रनको सांझेदारी गरेका थिए तर ४६ रन बनाएर एरोन आउट भए त्यसपछिको पारी केएलले सम्हाले | 


पन्जाबको लागि क्रिस गेल र राहुलले पारीको शुरुआत गरेका थिए तर क्रिस गेल १८ रन बनाएर मिचेल म्याक्लेनघनको शिकारमा परे | 

यस अघि मुम्बईका लागि १८६ रन बनाउने क्रममा मुंबईको लागि कीरोन पोलार्डले ५० रन र क्रुणाल पाण्डेले ६५ रन जोडेका थिए | उता मुम्बईको विकेट लिने क्रममा पंजाबका एन्ड्रयू टायले ४ ओभरमा  १६ रन मात्र दिएर ४ विकेट लिएका थिए, तर मुम्बई आफैले चुनौतीपूर्ण स्कोरसम्म पुग्न सफल भयो | जसको फलस्वरूप मुम्बईले दिएको लक्ष्य पंजावले पुरा गर्न सकेन | 


आजको खेलमा मुम्बईले जितेसँगै अब अन्तिम ४ मध्ये २ क्वालीफाई स्थानको लागि ५ टिमको रोमान्चित भिडन्त हुँदैछ | ८ टिम मध्ये दुई टिम सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले आइपिएलमा अन्तिम ४ को स्थान पक्का गरिसकेका छन् भने दिल्ली अन्तिम ४ मा पुग्ने सम्भावनाभन्दा निकै बाहिर छ | बाँकी ५ टिममा कोलकाता तेश्रो स्थानमा रहेको र १४ प्वाइन्ट पाएर अगाडी छ | बाँकी ४ टिमलाई अबको खेल गर या मरको स्थितिमा हुनेछ | 

यसैबीच बिहिबार बेलुका रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई खेल जित्नु अत्यावश्यक छ | आइपिएलमा सर्वाधिक स्कोर बनाएर सबैभन्दा शिर्ष स्थानमा पुगिसकेको हैदरावाद र सातौँ स्थानमा रहेको ब्यांग्लोरबीच टक्कर हुँदैछ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृ-त्यु